घण्टेश्वर अनलाईन
विस्कनसिन, अमेरिका
गैरआवासीय नेपाली सँघ अमेरिका विस्कनसिन च्याप्टरका अध्यक्ष पदका दावेदार गोबिन्द फुलाराले उम्मेदवारी घोषणा फिर्ता लिएका छन ।
दुई कार्यकाल च्याप्टर सचिब निर्बाचित भई काम गरेका फुलाराले आज सामाजिक सन्जाल फेसबुकमा एक नोट जारी गर्दै आफुले न्यून मतदाता रहेको विस्कनसिन च्याप्टरमा नेतृत्व चयन सर्ब सहमत बनाउन गरेको प्रयास असफल भएकाले घोषणा गरेको उम्मेदवारी फिर्ता लिएको बताएका छन ।
म बिगत लामो समय देखि एनआरएनए अभियानमा छु । सचिबको हैसियतले आफुले अध्यक्ष पदका लागि गरेको दावी स्वभाविक पनि हो । मैले समुदायको लागि दिएको योगदानको मुल्याँकन गरि साथीहरुले पनि अध्यक्ष पदमा उम्मेदवारी दिन सुझाव पनि दिनु भएको हो । तर न्यून मतदाता रहेको विस्कनसिन च्याप्टरमा अध्यक्ष पदमा आकाँक्षी देखिएका ३ जना बीचमा प्रतिष्पर्धा स्वभाविक नहुने ठानी आफु त्यो दौडबाट पछि हटेको फुलाराको स्टाटसमा उल्लेख छ ।
फुलाराले कुनै गुट उपगुटमा नलागि स्वतन्त्रपूर्बक मतदान गर्न पनि सबैलाई आग्रह गरेका छन । अहिले गैरआवासीय नेपाली सँघलाई हाम्रो भन्दा पनि राम्रो नेतृत्वको खाँचो रहेकाले स्वविवेक प्रयोग गरि नेतृत्व छनौट प्रकृयामा सहभागि हुन सबै मतदातामा फुलाराले आग्रह गरेका छन ।
सन २०१३ देखि फुलाराले विस्कनसिन राज्यलाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा कृयाशिल रहेका छन । गैरआवासीय नेपाली सँघ अमेरिकाको आसन्न निर्बाचनको लागि उम्मेदवारी दर्ता गर्न बिहिबार बेलुकी ६ बजे अन्तिम समय तोकिएको थियो