एनआरएनए अमेरिका निर्बाचन ः उम्मेदवारसँग घण्टेश्वर अनलाईनको साक्षात्कार
घण्टेश्वर अनलाईन ः दिवाकर भट्ट जि अन्तर सम्बादमा स्वागत छ अनि अग्रिम बधाई पनि
दिवाकर भट्ट ः धन्यवाद शुभेच्छाका लागि ।
घण्टेश्वर अनलाईन ः आम मतदाताहरुलाई आफ्नो परिचय कसरी दिनु हुन्छ ?
दिवाकर भट्ट ः मेरो नाम दिवाकर भट्ट हो । मेरो घर सुदूरपश्चिम प्रदेशको डोटीमा पर्दछ । म बिगत १० बर्ष देखि अमेरिकाको केन्टुकी राज्यलाई कर्मथलो बनाएर सामाजिक गतिबिधिमा सकृय रहेको छु ।
घण्टेश्वर अनलाईन ः तपाईको गैरआवासीय नेपाली सँघसँगको आबद्धता कहिले देखि हो ?
दिवाकर भट्ट ः म कानूनको बिद्यार्थी हो । नेपालमा पनि दर्जनौं सामाजिक सँस्थामा आबद्ध भएर सामाजिक सँस्थामा काम गरेको अनुभव छ । सन २०१३ मा अमेरिका आई सकेपछि सन २०१४ देखि गैरआवासीय नेपाली सँघको अभियानमा निरन्तर संलग्न छु । म केन्टुकी च्याप्टर कार्य समितिमा पनि काम गरिसकेको छु । गैरआवासीय नेपाली सँघ भनेको सामाजिक अभियान पनि हो । गैरआवासीय नेपाली सँघ सामाजिक क्षेत्रमा काम गर्ने एउटा महत्वपूर्ण प्लेटफर्म भएकाले बोर्ड सदस्य पदमा रहेर काम गर्ने उद्देश्यले उम्मेदवार बनेको हुँ ।
घण्टेश्वर अनलाईन ः बोर्ड सदस्य पद नै किन रोज्नु भयो ?
दिवाकर भट्ट ः सामाजिक काम गर्ने मान्छेलाई एउटा प्लेटफर्म जरुर चाहिने रहेछ । ईच्छा शक्ति पनि हुनु पर्छ । तर त्यसका लागि सानो ठूलो पद भन्ने बिषयले कुनै अर्थ राख्छ भन्ने लाग्दैन । म बोर्ड सदस्य भएरपनि सामाजिक क्षेत्रमा योगदान दिन सक्छु । हाम्रो गैरआवासीय नेपाली सँघलाई हाम्रोका साथै राम्रो बनाउन भूमिका खेल्न सक्छु । गैरआवासीय नेपालीहरुको आशा भरोसा र बिश्वासिलो बनाउन सहयोग गर्न सक्छु । मेरो भूमिकाको मतदाताहरुले मूल्याँकन गर्नु भयो भने आगामी दिनमाअन्य पदमा पनि जिम्मेवारी दिन सक्छन भन्ने मलाई लाग्छ । त्सैले अहिले बोर्ड सदस्य पद रोजेको हुँ ।
घण्टेश्वर अनलाईन ः तपाई वोर्ड सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । चुनाबको तयारी कस्तो छ ?
दिवाकर भट्ट ः म गैरआवासीय नेपाली सँघको बोर्ड सदस्य पदको उम्मेदवार हुँ । स्वभावैले निर्बाचन बिना तयारी सम्भव हुँदैन । निर्बाचनमा बिभिन्न खाले तयारी गर्नु पर्दछ । म एउटा टीमको सदस्य (वोर्ड सदस्य) पदको उम्मेदवार भएको हुनाले हामीले व्यक्तिगत रुपमा र टीमको तर्फबाट गर्ने आबश्यक तयारी गरिरहेका छौं । त्यसको लागि ब्यक्तिगत तथा टीमको तर्फबाट बिभिन्न राज्यको भ्रमण र भेटघाट, अन्तरकृया, सामाजिक सन्जाल तथा मिडियाको माध्यमबाट प्रचार प्रसार, फोन सम्पर्कको माध्यमबाट मतदातासम्म पुग्ने प्रयास गरिरहेका छौं ।
घण्टेश्वर अनलाईन ः एनआरएनए अमेरिकाको आसन्न निर्बाचनमा तपाईहरुका एजेन्डाहरु केके रहेका छन ?
दिवाकर भट्ट ः मैले माथी पनि भनि सके म वोर्ड सदस्य पदको उम्मेदवार हुँ । एउटा बोर्ड सदस्य पदको चुनावी एजेन्डा भनेको समग्रमा टीमको एजेन्डा हो । मेरो एजेन्डा भनेको हाम्रो गैरआवासीय नेपाली सँघलाई हामी राम्रो, सवल र सुदृढ बनाउछौं भन्ने हो । हामीलाई मतदान गरेर बिजयी गराउनुस । हामी कामबाट प्रमाणित गरेर देखाउछौं । गैरआवासीय नेपालीहरुले बिश्सास गर्ने सँस्था बनाउछौं । सँस्थालाई गतिशिल, पारदर्शी र जवाफदेही, सुशासित बनाउछौं । गैरआवासीय नेपालीहरुको पक्षमा गर्नुपर्ने थुप्रै कामहरु छन । गैरआवासीय नेपालीहरुका साझा सवालहरु पहिचान गरेर समाधानका लागि निरन्तर पैरवी गछौं । एजेन्डा राम्रा भएर मात्र हुँदैन त्यसका लागि राम्रो टीम पनि हुनु पर्छ । टीमवर्कबाट मात्र राम्रो काम गर्न सकिन्छ । त्यसका लागि दिलराम पराजुलीको नेतृत्वमा रहेका हाम्रो टीम उत्कृष्ट छ जस्तो लाग्छ ।
घण्टेश्वर अनलाईन ः तपाई निर्बाचनमा बिजयी हुने आधार केके हुन ?
दिवाकर भट्ट ः म र हाम्रो टीम शतप्रतिशत आशावादी छौं । गैरआवासीय नेपाली सँघका मतदाताहरु सचेत नागरिक हुन । मतदाताहरुले उम्मेदवारहरुले उठान गरेका बिषयहरुलाई बिश्लेषण गर्न सक्छन । हाम्रा एजेन्डाहरु साझा छन । हामी काममा बिश्वास गछौं । हामी कामबाट प्रमाणित गरेर देखाउन चाहान्छौं । हामीले गैरआवासीय नेपालीहरुका साझा समस्याहरु देखेका छौं । भोगेका छौं । हामीले साझा समस्याहरु पहिचान गरेका छौं । निर्बाचन पछि पनि मतदाताका बीचमा गएर छलफल र अन्तरकृया गरेर सुझाव सँकलन गछौ । अर्को कुरा गैरआवासीय नेपाली सँघका साझा सवालहरु समाधान दिलुराम पराजुलीको नेतृत्वमा रहेको टीमले मात्र गर्न सक्छ भन्ने आम मतदातामा परिसकेको छ । यहि हो आधार भनेको ।
घण्टेश्वर अनलाईन ः अन्तमा घण्टेश्वर अनलाईन मार्फत आम मतदातालाई के भन्न चाहानु हुन्छ ?
दिवाकार भट्ट ः अमेरिकमा भौगोलिक रुपमा बिशाल रहेको छ । हामी जहाँ भएपनि हाम्रो सोच बिचार भावना समान छ । हामीले अमेरिका आईसकेपछि आर्थिक समृद्धि गर्नु पर्दछ नै साथै नेपालीका लागि नेपाली भन्ने भावनाले समाज सेवामा पनि सँलग्न हुनु पर्दछ । समाज सेवाका बिभिन्न माध्यम मध्य गैरआवासीय नेपाली सँघपनि एउटा प्लेट फर्म हो । मैले पनि समाज सेवा गर्ने अभिप्रायले वोर्ड सदस्य पदमा उम्मेदवारी दिएको हुँ । हाम्रो काँधमा महत्वपूर्ण जिम्मेवारी आएको छ । सँस्थालाई विवादरहित बिश्वासिलो हाम्रो र राम्रो बनाउनु पर्दछ । समाबेशी, पारदर्शी जवाफदेहि सुशासितसँस्था बनाउन जरुरी छ । यसको साझा चरित्रलाई भत्किन दिनु हुँदैन । अहिले गैरआवासीय नेपाली सँघलाई निर्बाचनको वेलामा मात्र सकृय रहने सँस्था हो भन्ने आरोप लागेको छ । अव त्यसो हुन दिनु हुँदैन । त्यसैले यसपालिको निर्बाचनमा सहयोग र समर्थन गरिदिन हुन आम मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।
सम्भव भएसम्म बिभिन्न पदका उम्मेदवारहरुसँग गरिएको साक्षात्कार प्रकाशित गर्ने प्रयास गरिने छ ः सम्पादक