अमेरिकामा एनआरएनए निर्बाचन ः उम्मेदवारसँग घण्टेश्वर अनलाईनको साक्षात्कार
घण्टेश्वर अनलाईन ः साक्षात्कार कार्यक्रममा स्वागत छ, पदम ठकुराठी जि । अग्रिम बधाई पनि छ ।
पदम ठकुराठी ः शुभकामनाको लागि घन्टेश्वर अनलाईनलाई धेरै धेरै धन्यवाद
घण्टेश्वर अनलाईन ः ठकुराठी जि, आम मतदातालाई आफ्नो परिचय कसरी दिन चाहानु हुन्छ ?
पदम ठकुराठी ः मेरो नाम पदक ठकुराठी हो । मेरो घर नेपालको सुदूरपश्चिम प्रदेश डडेल्धुरा जिल्लामा पर्दछ । म सन २००७ देखि टेक्सास राज्यको अस्टिनलाई कर्मथलो बनाएर नेपाली समुदायको सुख दुःखको साथी बन्दै आएको छु । सामाजिक गतिबिधिमा सकृय हुँदै आएको छु ।
घण्टेश्वर अनलाईन ः तपाई एनआरएनए अभियानमा कहिले देखि आबद्ध हुनु हुन्छ ?
पदम ठकुराठी ः म गैरआवासीय नेपाली सँघको आबद्धता भन्दा पहिले थोरै मेरो सामाजिक कामको वारेमा जोड्न चाहान्छु । म नेपालमा पनि सामाजिक गतिबिधिमा सकृय थिएँ । बिभिन्न सामाजिक सँस्थासँग आबद्ध भएर हामीले थुप्रै काम गरेका थियौं । सन २००७ मा अमेरिका आईसके पछि पनि म सामाजिक क्षेत्र भन्दा बाहिर छैन । नेपाली समुदायका हरेक गतिबिधिहरुमा सहभागि र सकृय छु । ग्रेटर अस्टिन नेपाली समाज अस्टिनको उपाध्यक्ष पदमा रहेर काम गरें । हामीले समुदायमा गरेका काम तथा शुरु गरेका योजनाहरु पनि अहिले पनि कार्यान्वयनका चरणमा छन ।
गैरआवासीय नेपाली सँघको आबद्धता सन २००८ देखि नै हो । म गैरआवासीय नेपाली सँघमा आबद्धता भएदेखि निरन्तर सकृय हुँदै आएको छु । सन २०१७ देखि ०१९ सम्म टेक्सास च्याप्टरको महासचिब भएर काम गरिसकेको छु । सन २०१९ देखि २०२१ सम्म गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषदको बोर्ड अफ डाईरेक्टर पदमा निर्बाचित भएको थिएँ । अहिले गैरआवासीय नेपाली दाजुभाई तथा दिदी बहिनीहरु, शुभेच्छुक साथी भाईहरुको सल्लाह सुझावको आधारमा अन्तराष्ट्रिय समन्वय परिषद(आईसिसि) सदस्य पदमा उम्मेदवारी दिएको छु
घण्टेश्वर अनलाईन ः एनआरएनए अमेरिकाको नयाँ नेतृत्वको निर्बाचनको मिति नजिकिदै छ , निर्बाचनको तयारी कस्तो छ ?
पदम ठकुराठी ः अमेरिका बिशाल देश छ । गैरआवासीय नेपालीहरु पनि अमेरिकाका सबै राज्यमा छरिएर रहेका छन । हामी छोटो अवधिमा सबै मतदाताका बीचमा पुग्न त सक्दैनौं । तर हामी ब्यक्तिगत तथा टीमको माध्यमबाट मतदाताका बीचमा पुग्ने प्रयास गरिरहेका छौं । हामीले बिभिन्न राज्यमा मतदाताहरुसँग अन्तरकृया, छलफल कार्यक्रम आयोजना गरिरहेका छौं । सामाजिक सन्जालको माध्यमबाट पनि आफ्ना धारणाहरु, प्रतिबद्धताहरु सार्बजनिक गरिरहेका छौं । फोनको माध्यमबाट पनि मत मागिरहेका छौं । तयारी तिब्र रुपमा अगाडी बढाईरहेका छौं ।
घण्टेश्वर अनलाईन ः एउटा सामाजिक सँस्थाको निर्बाचनमा बृहत गठबन्धन बनाएर निर्बाचन लडेको भन्ने तपाईको टीमलाई आरोप लागेको छ । यसमा तपाई के भन्नु हुन्छ ?
पदम ठकुराठी ः यो आरोपको कुनै अर्थ छैनन । निर्बाचनको बेला यस्ता कुरा उठ्ने गर्छन । गैरआवासीय नेपाली सँघ स्वतन्त्र र साझा सँस्था हो । गैरआवासीय नेपालीहरुको अभिभावक सँस्था हो । यसमा कुनै छुट्ने र कुनै अट्ने भन्ने हुँदैन । हामीले यसको स्वतन्त्र र साझा छबिलाई जोगाउन सबै पक्षलाई टीममा समाबेश गरेका हौं । यसलाई कुनै गठबन्धन भन्नु हुँदैन । यो गठबन्धन होईन । सबै गैरआवासीय नेपालीहरु अट्ने वातावरण बनाउन नेतृत्व गर्ने सशक्त टीम हो ।
घण्टेश्वर अनलाईन ः तपाईले उम्मेदवार बन्दा अन्तराष्ट्रिय समन्वय परिषद(आईसिसि) सदस्य पद नै किन रोज्नु भयो ?
पदम ठकुराठी ः हामी एनआरएनए अभियन्ता हौं । यो सामाजिक अभियान पनि हो । म यो अभियानमा बिगत १५ बर्ष देखि निरन्तर कृयाशिल छु । यो अभियानले मलाई धेरै कुरा सिकाएको छ । अनुभव गराएको छ । मैले च्याप्टर देखि एनसिसिमा पनि काम गरिसकेको छु । हाम्रो अभिभावक सँस्था भनेको गैरआवासीय नेपाली सँघ आईसिसि हो । हामीले निर्बाचनमा व्यक्त गरेका प्रतिबद्धताहरु, एनसिसिका एजेण्डाहरुलाई अन्तराष्ट्रिय समन्वय समितिको एजेण्डा बनाउन भूमिका खेल्ने आईसिसि सदस्यको मुख्य जिम्मेवारी हो । यसको लागि आईसिसि सदस्यले एजेण्डा पेश गर्ने, लबिङ गर्ने, पैरवी गर्ने काम गर्नु पर्दछ । यो भूमिकामा म आफुलाई योग्य सम्झि यो पदमा उम्मेदवारी दिएको हुँ । आईसिसि सदस्य पदमा एनसिसि अमेरिकाबाट ८ जना सदस्यहरु निर्बाचित भएर प्रतिनिधित्व गर्नेछन । म आईसिसि पदमा निर्बाचित भएमा हामी ८ जना आईसिसि सदस्यहरुले आईसिसिमा सशक्त आवाज बुलन्द गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्न चाहान्छु ।
घण्टेश्वर अनलाईन ः नयाँ नेतृत्वको निर्बाचनमा तपाईका प्रमुख एजेन्डाहरु केके रहेका छन ?
पदम ठकुराठी ः म आईसिसि सदस्य पदको उम्मेदवारको हैसियतले मेरो एजेण्डाहरु अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायका साझा सवालहरुलाई एनसिसिको एजेण्डा बनाउने र एनसिसिका एजेण्डाहरुलाई प्राथमिकताका साथ अन्तराष्ट्रिय एजेण्डा बनाउन गैरआवासीय नेपाली सँघ अन्तराष्ट्रिय समन्वय परिषद (आईसिसि) मा नेतृत्वदायी भूमिका खेल्ने भन्ने नै हो । अर्को समग्रमा म र मेरो टिमको एजेण्डा भनेको गैरआवासीय नेपाली सँघ एनसिसिमा परिबर्तन अपरिहार्य छ । यो परिबर्तन हामी गरेर देखाउछौं । एक पटकको नेपाली सधैको नेपाली भन्ने बिषयलाई स्थापित गर्ने नयाँ नेतृत्वको काँधमा जिम्मेवारी आएको छ । गैरआवासिय नेपालीहरुलाई नेपाली नागरिक सरह अधिकार स्थापित गर्ने सवाल छ । परिबर्तन गर्नका लागि योग्य, सक्षम र सवल नेतृत्व चाहिन्छ । डा. अर्जुन बन्जाडेको नेतृत्वमा रहेको टीमले मात्र गैरआवासीय नेपाली सँघ एनसिसिलाई सबैको एनआरएनए बनाउन सक्छ । गैरआवासीय नेपाली सँघ एनसिसिलाई परिबर्तन गर्नको लागि सबै अट्ने एनआरएनए बनाउनको लागि पारदर्शीता, बिश्वसनियता र समाबेशीताको एजेण्डा हामीले प्रमुख रुपमा उठाएका छौं । अन्य दर्जनौं एजेण्डाहरु रहेका छन ।
घण्टेश्वर अनलाईन ः निर्बाचनको परिणाम तपाईको पक्षमा आउँछ भन्ने कुरामा कत्तिको बिश्वस्त हुनु हुन्छ ?
पदम ठकुराठी ः निर्बाचन लड्ने हरेक ब्यक्ति परिणाम आउने कुरामा बिश्वस्त हुन्छ नै । यो सामाजिक सँस्था हो । सामाजिक काम गर्ने हुटहुटी भएका मानिसहरु सामाजिक क्षेत्रमा अगाडी आउछन । म पनि त्यही मध्यको एउटा हुँ । मैले उम्मेदवारी दिएको पद गैरआवासीय नेपाली सँघ, आईसिसि सदस्य हो । गैरआवासीय नेपाली सँघ एनसिसिबाट आईसिसिमा ८ जना सदस्यहरु निर्बाचित भएर जाँदैछन । त्यो टीममा मलाई पनि बिजयी बनाएर पठाउनु हुनेछ भन्ने मलाई पूर्ण बिश्वास रहेको छ ।
घण्टेश्वर अनलाईन ः अन्तमा घण्टेश्वर अनलाईन मार्फत आम मतदातालाई के भन्न चाहानु हुन्छ ?
पदम ठकुराठी ः गैरआवासीय नेपाली सँघका सदस्य भनेका समाजका अगुवा, सचेत नागरिक हुन । समाजका सचेत नागरिकले निर्णय गर्दा विवेक पुर्याएर गर्ने गर्दछन । गैरआवासीय नेपाली सँघ एनसिसिमा अहिलेको प्रमुख सवाल भनेको सँस्थामा परिबर्तन जूरी छ । सवै गैरआवासिय नेपाली अट्ने सँस्था बनाउने हो । सबैको एनआरएनए बनाउने हो । त्यसको लागि सँस्थामा पारदर्शीता, समाबेशीता र बिश्वसनियता चाहिन्छ । योग्य सवल र सशक्त टीम चाहिन्छ । राम्रो टीम भएन भने काम गर्न सकिदैन । योजनाहरु कार्यान्वयन गर्न सकिदैन । त्यसैले म अन्तराष्ट्रिय समन्वय परिषद(आईसिसि) सदस्य लगायत मेरो टीमलाई अत्यधिक मतले बिजयी गराई दिन हुन सबै मतदाताहरुमा अपिल गर्दछु ।