डोटीको खप्तड ईन्जिनियरिङ क्याम्पस त्रिभुवन बिश्व बिद्यालय सभाद्वारा स्वीकृत

All time tax

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीमा स्थापना हुन लागेको प्रस्तावित खप्तड ईन्जिनियरिङ क्याम्पस त्रिभुवन बिश्व बिद्यालय सभाद्वारा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा त्रिभुवन बिश्व बिद्यालयका कुलपति पुष्पकमल दाहालको अध्यक्षतामा असार १२ गते बसेको त्रिभुवन बिश्व बिद्यालय सभाले डोटीको सिलगढीमा स्थापना हुन लागेकोे प्रस्ताबित खप्तड ईन्जिनियरिङ क्याम्पसलाई स्वीकृति दिने निर्णय गरेको हो ।
‘नेपाल सरकारको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा स्नातक तहको इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने नीति अनुसार सुदूरपश्चिमको डोटी जिल्लामा ईन्जिनियरिङ क्याम्पस स्थापना गरिएको परियोजना सँयोजक रामप्रसाद पौडेलले जानकारी दिनु भयो ।
डोटी जिल्लामा ईन्जिनियरिङ क्याम्पस स्थापना गर्ने नीति तथा कार्यक्रममा समाबेश भएपछि दिपायल सिलगढी नगरपालिकाले यसअघि वडा नं. ६ थापलामा २५ रोपनी जमिन खरिद गरि क्याम्पसलाई हस्तान्तरण गरिसकेको छ ।
क्याम्पसले स्वीकृति पाएपछि उक्त जमिनमा भौतिक पूर्बाधारका कामहरु अघि बढ्ने परियोजना सँयोजक पौडेलले बताउनु भयो । पौडेलका अनुसार भौतिक सँरचना निर्माणका लागि दिपायल सिलगढी नगर पालिकाले आगामी आर्थिक बर्षको लागि चार करोड ५० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट भौतिक सँरचना निर्माणको लागि गुरुयोजना बनाउने र जग्गा सम्याउने अनि कक्षाकोठा भवन, प्रयोगशाला भवन, प्रशासनिक भवन निर्माण गर्ने योजना रहेको छ ।
यसैगरि आगामी आर्थिक वर्षको पहिलो चौमासिकमै मुख्य सडकबाट पूर्बाधार निर्माण स्थल सम्म सडक पुर्याउन दिपायल सिलगढी नगर पालिकाले ३५ लाख बजेट बिनियोजन गरेको छ ।

त्रिभुवन बिश्व बिद्यालय ईन्जिनियरिङ अध्ययन सँस्थानको आँगिक क्याम्पसको रुपमा आधिकारिकता पाएपछि सोमबार जिल्ला समन्वय कार्यालय डोटीको परिसरमा परियोजना कार्यालय स्थापना गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजिसिंह खड्काको अध्यक्षतामा सम्पन्न परियोजना कार्यालय स्थापना कार्यक्रममा बोल्दै जिल्ला समन्वय कार्यालय डोटीका प्रमुख लक्ष्मण सिंहले डोटी जिल्लाको भविष्यसँग जोडिएको ईन्जिनियरिङ क्याम्पसको पठनपाठन चाँडो शुरु गर्न पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
ईन्जिनियरिङ अध्ययन सँस्थानबाट पठनपाठन शुरु गर्नका लागि आबश्यक सहयोग होस, डोटी जिल्लाका स्थानीय तहको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न हामी तयार छौं, प्रमुख सिंहले भने ।
तर तत्काल कक्षा सन्चालन गर्न सकिने अवस्था देखिएको छैन । क्याम्पसको लागि शिक्षक र कर्मचारीहरूको दरबन्दी पनि सिर्जना भईसकेको छैन । ‘त्रिवि सभाको बैठकमा भौतिक संरचना नबनेसम्म कक्षा सञ्चालन गर्न अनुमति दिन नहुने भन्ने कुरा उठेको छ, त्यसैले भौतिक सँरचना स्थापना भएपछि मात्र कक्षा सन्चालन अनुमति पाईने सम्भावना छ परियोजना सँयोजक पौडेलले बताउनु भयो । पौडेलका अनुसार पहिलो चरणमा सिभिल र कम्प्युटर इन्जिनियर कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

Leave A Reply

Your email address will not be published.