एनआरएनए अमेरिकाको निर्बाचन ः वोर्ड सदस्य पदका उम्मेदवार बासुदेब भट्टसँग साक्षात्कार
घण्टेश्वर अनलाईन ः स्वागत छ, बासुदेब भट्ट जि , अग्रिम बधाई पनि छ ।
बासुदेब भट्ट ः तपाई अनि घण्टेश्वर अनलाईन परिवारलाई धन्यवाद छ ।
घण्टेश्वर अनलाईन ः आम मतदाता समक्ष तपाई आफ्नो परिचय कसरी दिनु हुन्छ ?
बासुदेब भट्ट ः मेरो घर नेपालको सुदूरपश्चिम बैतडी जिल्लामा पर्दछ । नेपालमा मेरो पृष्ठभूमि शिक्षक हो । मैले १७ बर्ष शिक्षण पेशामा बिताएको छु । नेपालमा पनि बिभिन्न सामाजिक सँघ सँस्थामा आबद्ध भएर सामाजिक सेवा गरेको छु । म सन २०१३ मा अमेरिका आएपछि नर्थ क्यारोलिनालाई कर्मक्षेत्र बनाएर सामाजिक क्षेत्रमा आफ्नो भूमिकालाई निरन्तरता दिदै आएको छु ।
घण्टेश्वर अनलाईन ः गैरआवासीय नेपाली सँघमा तपाईको आबद्धताको वारेमा बताई दिनु हुन्छकी ?
बासुदेब भट्ट ः म सन २०१३ मा अमेरिका आएको हुँ । त्यसपछि बि.स २०१५ देखि निरन्तर एनआरएनए अभियानमा सकृय हुँदै आएको छु । एनआरएनए अभियानका क्रममा सन २०१९ देखि २०२१ सम्म नर्थ क्यारोलिना च्याप्टरको सचिब तथा सन २०२१ देखि २०२३ सम्म च्याप्टर अध्यक्ष पदमा काम गरेको छु । अहिले गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषदको वोर्ड सदस्य पदमा उम्मेदवारी दिएको छु ।
घण्टेश्वर अनलाईन ः तपाईले वोर्ड सदस्य पद नै किन रोज्नु भयो ?
बासुदेब भट्ट ः गैरआवासीय नेपाली सँघ सामाजिक अभियान हो । जो निरन्तर चलिरहन्छ । जोसँग सामाजिक भावना रहेको छ । उसले मात्र सामाजिक क्षेत्रमा काम गर्न सक्छ । टिक्न सक्छ । अर्को कुरा सामाजिक क्षेत्रमा काम गर्नको लागि जाने हो । पद मात्र ओगटेर बस्नको लागि होईन । त्यसका लागि सामाजिक क्षेत्रलाई बुझ्नु पर्दछ । अनुभव बटुल्नु पर्दछ । म क्रमस एनआरएनए अभियानलाई ग्रास रुटबाट बुझ्दै आएको छु । आफ्नो बुझाई र अनुभवलाई ब्यापक बनाउदै लैजाने मेरो योजना छ । यसले गर्दा योग्यता क्षमता अनुभव भयो भने सँस्थालाइृ गतिशिल बनाउन सकिन्छ । स्पष्ट दिशानिर्देश दिन सकिन्छ । यो सँस्थालाई गैरआवासीय नेपालीहरुको साझा सँस्था बनाउन बोर्ड सदस्यको रुपमा योगदान दिन चाहान्छु । मैले बोर्ड सदस्यको रुपमा राम्रो भूमिका निर्वाह गर्न सकें भने साथीहरुले माथिल्लो तहको भूमिकामा जिम्मेवार दिनेछन भन्ने मलाई लाग्छ ।
घण्टेश्वर अनलाईन ः वोर्ड सदस्य पदमा उम्मेदवार बन्नु भएको छ, तयारी चाँही कस्तो छ नि ?
बासुदेब भट्ट ः निर्बाचनमा तयारी पर्याप्त चाहिन्छ । तर अमेरिकाको भुगोल बिशाल भएकाले निश्चित समयमा सबै मतदाताका बीचमा पुग्न सकिदैन र सम्भव पनि छैन । तर हामीले अधिकाँशका बिचमा पुग्ने प्रयास गरिरहेका छौ । म ब्यक्तिगत रुपमा तथा हाम्रो टीमको तर्फबाट बिभिन्न राज्यमा छलफल अन्तरकृया गर्ने, आफ्ना धारणा सार्बजनिक गर्ने, सामाजिक सन्जाल तथा मिडिया मार्फत आफ्ना प्रतिबद्धताहरु सार्बजनिक गर्ने, टेलिफोन मार्फत मत माग्ने काम जारी छ ।
घण्टेश्वर अनलाईन ः तपाई तथा तपाईको टीम मतदाताको बीचमा के कुरा लिएर मतदाताका बीचमा जानु भएको छ ?
बासुदेब भट्ट ः गैरआवासीय नेपाली सँघ सम्पूर्ण गैरआवासीय नेपालीहरुको सँथा हो । सँस्था हाम्रो मात्र भएर हुँदो रहेन छ । गैरआवासीय नेपालीहरुले अनुभूति गर्ने हाम्रो र राम्रो हुनु पर्छ । त्यसको लागि स्पष्ट भिजन, योजना भएको सशक्त टीम आबश्यक पर्दछ । हामी टीमवर्कमा बिश्वास गर्छौं । सँस्थामा राम्रो टीम बनेमा गैरआवासीय नेपालीहरुले अनुभूति गर्ने गरि धेरै काम गर्न सक्छौं । त्यो भनेको दिलुराम पराजुलीको नेतृत्वमा टीम नै हो ।
अर्को कुरा गैरआवासीय नेपालीहरुलाई नेपालसँग जोड्ने बिषय छ । अमेरिकामा जन्मेका र हुर्केका नयाँ पुस्तालाई नेपालसँग कसरी जोड्ने भन्ने विषय छ । गैरआवासीय नेपालीहरुलाई कानूनी परामर्श सेवा, अध्यागमन सम्बन्धि सेवा, स्वास्थ्य सेवा, कर सेवामा कसरी सहयोग र सहजिकरण गर्न सकिन्छ भन्ने बिषय छ । अमेरिकामा अध्यननरत नेपाली बिद्यार्थीहरुलाई सहयोग, नेपाली समुदायलाई सही सूचना पुर्याउने कुरा छन । गैरआवासीय नेपालीहरुलाई नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहान गर्ने बिषय छन । एक पटकको नेपाली सधैंको नेपाली भन्ने विषयलाई सार्थक बनाउने कुरा छन । गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता लगायत नेपाली नागरिक सरह अधिकार स्थापित गराउने कुरा हाम्रा प्रतिबद्धताहरु हुन ।
घण्टेश्वर अनलाईन ः तपाई निर्बाचनको क्रममा बिभिन्न राज्यको भ्रमणमा पनि जानु भयो । कस्तो प्रतिकृया पाउनु भयो ?
बासुदेब भट्ट ः समग्रमा भन्नु पर्दा मतदाताहरुमा हाम्रो टीम प्रति, हामीले अगाडी सारेका प्रतिबद्धताहरु प्रति आकर्षण देखिएको छ । मतदाताहरु सँस्थामा परिबर्तन देख्न चाहान्छन । त्यो परिबर्तन दिलुराम पराजुलीको नेतृत्वमा रहेको टीमले गर्न सक्छ भन्ने बिश्वास लाग्न थालेको छ । तर बिगतमा गैरआवासीय नेपाली सँघ अमेरिकामा देखिएका कतिपय गतिबिधिहरुले सबै यस्तै त हुन नि भन्ने अबिश्वास छ । तर हामीले त्यो अबिश्वास चिर्दै छौं । पछिल्लो समय एनआरएनमा राजनीति बढी भएको, गुप उपगुट बढी भएकाले सँस्था तहसनहस पार्ने काम भएको कुरा मतदाताहरुले उठाएका छन । यो बिषयलाई हामीले गम्भिर रुपमा लिएका छौं । गैरआवासीय नेपाली सँघ नितान्त सामाजिक सँस्था हो । यसको सामाजिक चरित्र कुनैपनि हालतमा भत्किन दिनु हुँदैन । हामी सँस्थामा राजनीतिको गन्ध आउन दिदैनौ । सबै गैरआवासीय नेपाली अट्ने सामाजिक सँस्था बनाउछौ भन्ने प्रतिबद्धता समेत हामीले मतदाताका बीचमा ब्यक्त गरेका छौं ।
घण्टेश्वर अनलाईन ः निर्बाचनको परिणाम तपाईको पक्षमा आउँछ भन्ने कुरामा कतिको बिश्वस्त हुनु हुन्छ ?
बासुदेब भट्ट ः म र हाम्रो टीम निर्बाचनको परिणाम हाम्रो पक्षमा आउँछ भन्ने कुरामा पूर्ण रुपमा बिश्वस्त छौं । मतदाताले हाम्रा प्रतिबद्धताहरु मन पराएका छन । हाम्रो टीम प्रति बिश्वास गर्न थालेका छन । म बिगत १० बर्ष देखि गैरआवासीय नेपाली सँघलाई प्लेटफर्म बनाएर सामाजिक कार्यमा निरन्तर सकृय छु । हामीले गरेका कामहरु घाम जस्र्त छर्लङ्ग छन ।
घण्टेश्वर अनलाईन ः अन्तमा घण्टेश्वर अनलाईन मार्फत आम मतदातालाई के भन्न चाहानु हुन्छ ?
बासुदेब भट्ट ः हामी निर्बाचनको सँघारमा छौं । हामी सबैको साझा चासो र चिन्ताको बिषय हाम्रो एनआरएनएलाई कसरी हाम्रो र राम्रो, समस्त गैरआवासीय नेपालीहरुको सँस्था बनाउने ? भन्ने हो । सँस्थामा देखिएका कतिपय साझा समस्यहरुलाई कसरी हटाउने भन्ने हो । हामी बिगत लामो समय देखि एनआरएनए अभियानमा लागेका लागि सँस्थाका राम्रा पक्ष, साझा समस्याहरु, गर्नु पर्ने कामको वारेमा जानकार छौं । त्यसैले परिबर्तन सम्भव छ । निर्बाचनमा त्यो परिबर्तन गर्न सक्ने सशक्त युवा टीम निर्माण गरेर मतदाताका बीचमा आएका छौं । हामी निर्बाचनको परिणाम हाम्रो पक्षमा नआएमा पनि यो अभियानबाट भाग्ने पक्षमा छैनौं । सँस्थालाई राम्रो बनाउन आ आफ्नो क्षेत्रबाट योगदान दिने नै छौं । परिणाम हाम्र पक्षमा आएमा कुरा भन्दा पनि कामबाट प्रमाणित गरेर देखाउने नै छौं । म लगायत हाम्रो टीमको पक्षमा मतदान गरिदिन हुन, हामीलाई सहयोग र समर्थन गरिदिन हुन अपिल गर्दछु