एनआरएनए अमेरिकाको निर्वाचन ः अध्यक्ष पदमा सुमन थापाले डा. अर्जुन बञ्जाडेलाई समर्थन गर्ने

घण्टेश्वर अनलाईन
ड्यालस टेक्सास
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्बाचनमा अध्यक्ष पदका प्रत्यासी रहेका सुमन थापाले अर्का प्रत्यासी डा. अर्जुन बन्जाडेलाई समर्थन गर्ने भएका छन । थापाले डा. बन्जाडेलाई समर्थन गरेपछि अध्यक्ष पदमा दुईजना बीचमा मात्र प्रतिष्पर्धा हुने भएको छ ।
ड्यालसको अर्भिङ स्थित करिलिफ रेष्टुरेन्टमा बुधबार आयोजना गरिएको सँयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष पदका प्रत्यासी रहेका थापाले आफुहरुको समान एजेण्डा भएकाले आफुले अध्यक्ष पदका अर्का प्रत्यासी डा. अर्जुन बन्जाडेलाई समर्थन गर्ने निर्णय गरेको घोषणा गरे ।
गैरआवासीय नेपाली सँघमा थुप्रै समस्याहरु देखिएका छन । गैरआवासीय नेपाली सँघलाई परिबर्तन मात्र नभएर रुपान्तरण नै गर्नु पर्ने आबश्यकता देखिएकाले छुट्टा छुट्टै समूह बनाएर उम्मेदवारी दर्ता गरेका थियौं । तर हामी दुवै जनाको उद्देश्य समान देखिएपछि आफुले उम्मेदवारी फिर्ता लिएर डा. बन्जाडेलाई समर्थन गरेको थापाले बताए ।
पत्रकारहरुद्वारा सोधिएको प्रश्नमा थापाले आफुले कुनैपनि पदमा बार्गेनिङ नगरि खुल्ला हृदयले समर्थन गरेकाले सँस्थालाई पारदर्शी, बिश्वसनिय, समाबेशी सँस्था निर्माण गर्न डा. बन्जाडेलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । आफ्नो समूहमा रहेका केही योग्य सक्षम साथीहरुको व्यवस्थापनको लागि छलफल भईरहेको तर सँस्थालाई बाँडिचुँडी खाने सँस्था बनाउने पक्षमा आफु नरहेको स्पष्ट पार्नु भयो ।
यसैगरि अध्यक्ष पदका उम्मेदवार डा. अर्जुन बन्जाडेले गैरआवासीय नेपाली सँघलाई गलत बाटोमा हिडाउन खोजिएकाले परिबर्तन र रुपान्तरणको आबश्यकता देखिएको बताउनु भयो ।
डा. बन्जाडेले गैरआवासीय नेपाली सँघ अमेरिकाको निर्बाचनमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्न अधिकतम प्रयास गरेपनि सफल हुन नसकेपनि परिबर्तन र रुपान्तरणका पक्षधरहरु समान धारणा बनाएर निर्बाचनमा एकै ठाउँमा उभिने निर्णय गरेको बताउनु भयो ।
पछिल्लो समय निर्बाचन प्रकृयाका सम्बन्धमा भएको चलखेलले निर्बाचन स्वतन्त्र र निष्पक्ष हुन्छ भन्ने कुरामा शँका उत्पन्न गराएको बताउदै डा. बन्जाडेले आफुहरुको फेसियल भरिफिकेशनको माध्यमबाट निर्बाचन गराउने पर्ने पूर्ब अडान यथावत रहेको र आईसिसिले पनि सोही अनुसार निर्बाचन गर्न निर्देशन दिईसकेको जानकारी दिनु भयो । अमेरिकामा ३ लाख बढी गैरआवासीय नेपालीहरु रहेपनि एनआरएनएमा करिब १५ हजार सदस्यहरु रहेको बताउदै सास्थालाई शुद्धिकरण गरि पारदर्शी, समाबेशी र बिश्वसनिय बनाउन सकियो भने गैरआवासीय नेपालीको आकर्षण बढ्न सक्ने डा। बन्जाडेको भनाई थियो ।
पत्रकारहरुद्वारा सोधिएको एक प्रश्नमा अध्यक्ष पदका उम्मेदवार डा. अर्जुन बन्जाडेले सँस्थामा परिबर्तन र रुपान्तरण चाहनेहरु एकै थलोमा उभिएको बताउदै यसलाई राजनैतिक दलको जस्तो गठबन्धन भन्न नमिल्ने बताउनु भयो ।
उक्त पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका बिभिन्न प्रश्नको अन्तराष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष सुनिल शाह, वरिष्ठ उपाध्यक्षका उम्मेदवार बिकास उप्रेतीले पनि जवाफ दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.