इसईई परीक्षाको नतिजा सार्बजनिक ः यस्तो छ डोटीको नतिजा

घण्टेश्वर अनलाईन
सिलगढी
माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तरगत डोटी जिल्लाको नतिजा शिक्षा बिकास तथा समन्वय ईकाइ डोटीले सामाजिक सन्जाल मार्फत जानकारी गराएको छ ।
शिक्षा बिकास तथा समन्वय ईकाइ डोटीका बिद्यालय निरिक्षक अम्बादत्त जोशीले सामाजिक सन्जाल मार्फत सार्बजनिक गर्नु भएको जानकारी अनुसार कुल ३ हजार ५ सय ४५ जना परीषर्थी मध्य ७४ जनाले ३.६ देखि ४.० जीपीए ल्याएका छन ।
यसैगरि ७७ जनाले ३.२ देखि ३.६ जीपीए, २ सय १२ जनाले २.८ देखि ३.२ जीपीए, ४ सय ४० जनाले २.४ देखि २.८ जीपीए, ९ सय ३० जनाले २.० देखि २.४ जीपीए, १ हजार २ सय ३१ जनाले १.६ देखि २.० जीपीए, ४ सय ८३ जनाले १.२ देखि १.६ जीपीए, १६ जनाले ०.८ देखि १.६ जीपीए ल्याएका छन । उक्त परीक्षामा डोटी जिल्लाबाट १६ जना परीक्षार्थीहरु अनुपस्थित भएको बिद्यालय निरिक्षक जोशीले जानकारी दिएका छन ।

Leave A Reply

Your email address will not be published.