घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्बाचनमा अध्यक्ष पदमा प्रत्यासी डिलुराम पराजुलीले निर्बाचन परिणामको आधारमा आफु एनआरएनए अभियानबाट अलग नहुने बताउनु भएको छ ।
निर्बाचनको अभियानको क्रममा आज ड्यालसको अर्भिङमा आयोजना गरिएको अन्तरकृया तथा भेटघाट कार्यक्रममा उम्मेदवार पराजुलीले बिगतमा भएका निर्बाचन परिणामपछि देखिएका घट्नाक्रमको तितो अनुभव सुनाउदै आफु लोकतन्त्रबादी भएकोले निर्बाचनको परिणाम सहर्ष स्वीकार गर्ने प्रष्ट पार्नु भयो ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष भगवान मैनालीको अध्यक्षता तथा उपाध्यक्ष पदमा उम्मेदवार भानु खरेलको सन्चालनमा सम्पन्न सो कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी पराजुलीले सामाजिक सँस्थाको निर्बाचनमा स्वस्थ प्रतिष्पर्धा हुनु पर्ने बताउदै आफुले कसैको बिरोध, गाली नगरि आफ्ना एजेण्डा र प्रतिबद्धताका आधारमा मतदाताको मन जित्ने प्रयास गरिरहेको बताउनु भयो ।
निर्बाचन स्वच्छ, निष्पक्ष रुपमा सम्पन्न गर्न निर्बाचन आयोगलाई बर्तमान कार्य समितिबाट साधन श्रोत र अधिकार दिईएको छ । निर्बाचनमा मतदाताले आफ्नो मताधिकार आफै प्रयोग गरुन भनेर फेसियल भेरिफिकेशनको आधारमा मतदान गर्ने ब्यवस्था गरिएको बताउदै पराजुलीले आफुहरु पनि सोही पक्षमा रहेको स्पष्ट पार्नु भयो ।
बर्तमान कार्य समितिका उपाध्यक्ष समेत रहेका उम्मेदवार पराजुलीले आफ्ना प्रतिबद्धताहरु जानकारी गराउँदै निर्बाचन परिणाम जेसुकै आएपनि बिगतका राम्रा अभ्यासहरुलाई निरन्तरता दिदै सँस्थाको सँस्थागत बिकास, सँस्थामा गैरअवासीय नेपालीहरुको सहभागिता बृद्धि गर्न निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको बिभिन्न पदमा उम्मेदवार बनेका बिभिन्न उम्मेदवारहरुको परिचय गराईएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले अमेरिकाको एनआरएनएले सँसारको नेतृत्व गर्ने भएकाले निर्बाचनबाट योग्य, सक्षम ब्यक्ति छनौट गर्न आबश्यक भएको कुरामा जोड दिएका थिए ।
उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति ड्यलास फोर्टवर्थ च्याप्टरका अध्यँक्ष ज्ञानेन्द्र कार्की, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, नेजाका अध्यक्ष सुरज भण्डारी, युलेश सिटि काउन्सिल सदस्य टिका पौडेल, डा. यादब पण्डित, विनोद तिवारी, अमृत सापकोटा, मुनेन्द्र नेम्वाङ, अजय वगाले, बिष्णु सुबेदी लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।