घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
अमेरिकाबाट सन्चालित बिभिन्न मिडियाका सम्पादकहरुले प्रवासमा पत्रकारिता गर्नका लागि समय व्यवस्थापन प्रमुख चुनौती रहेको बताएका छन ।
नेपाल अमेरिका पत्रकार सँघ (नेजा)द्वारा आईतबार आयोजना गरिएको सम्पादकहरुसँगको जूम अन्तरकृया कार्यक्रममा बोल्दै सम्पादकहरुले अमेरिकामा समय बचत गरेर मिडिया सन्चालन गर्नुपर्ने बाध्यता रहेकाले पत्रकारिता पेशामा टिकि राख्न कठिन भएको धारणा व्यक्त गरे ।
अमेरिकामा पत्रकारिता गर्न दर्जनौं चुनौती रहेका बताउदै मिडिया र समुदाय बीचको सम्बन्ध सुमधुर हुन नसकेको, समुदायसँगको सहज पहुँच नभएका कारण मिडियाले समुदायको सवाल पहिचान गरि उजागर गर्न नसकेको, मिडियामा बिज्ञापन सँकलन गरेर मिडियामा न्यूनतम खर्च धान्न सक्ने अवस्था नरहेको, मिडियाका बीचमा एक आपसमा छलफल गर्ने वातावरण निर्माण हुन नसकेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल अमेरिका पत्रकार सँघका सँस्थापक अध्यक्ष गिरीश पोख्रेलले प्रवासमा गरिने पत्रकारिताका लक्षित बर्ग भनेका नेपाली समुदाय भएकाले मिडियाले नेपाली समुदायका सवालहरुलाई पहिचान गरि उजागर गर्नु पर्ने बिचार व्यक्त गर्नु भयो । बरिष्ठ पत्रकार पोख्रेलले सामुदायिक पत्रकारिताले नै मिडिया र समुदाय बीचको सम्बन्ध सुधार गर्ने र मिडियालाई सहयोग गर्ने वातावरण बन्ने बताउनु भयो ।
यसैगरि नेजाका पूर्ब अध्यक्ष आङछिरिङ शेर्पाले प्रवासमा नेपाली पत्रकारिताको चुनौतीका साथै अवसर पनि भएकाले नेपाल अमेरिका पत्रकार सँघ लगायतका नेपाली समुदायहरुले पत्रकारिता क्षेत्रको प्रबद्र्धन, बृत्ति बिकास, क्षमता बिकास, फेलोसिप, समुदायसँग निकट बनाउने गतिबिधि गर्न आबश्यक रहेको बताउनु भयो ।
नेजाका पूर्ब अध्यक्ष पत्रकार गौतम दाहालले प्रवासमा पत्रकारिता गर्दा आई पर्ने कानूनी जटिलताको वारेमा जानकारी दिदै सम्बन्धित देशको कानूनको वारेमा पर्याप्त जानकारी राख्न र कानूनी प्रकृया पुर्याएर मात्र मिडिया सन्चालन गर्न सुझाव दिनु भयो ।
अर्का पूर्ब अध्यक्ष तथा पत्रकार भोला आचार्यले प्रवासमा बचेको समयलाई उपयोग गरेर पत्रकारिता गर्दा मिडियाले समुदायका सवालहरु पर्याप्त मात्रामा उजागर गर्न नसकेको धारणा व्यक्त गर्नु भयो ।
यस्तै नेजाका सल्लाहकार तथा पत्रकार सन्जय घिमिरेले मिडियामा बिषय बस्तु(कन्टेन) महत्वपूर्ण हुने भएकाले बिषयबस्तु चयनमा बिशेष ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो ।
उक्त कार्यक्रममा सहभागि सम्पादकहरुले नेपाली समुदायसँगको दूरी घटाउन बेलाबेलामा सामुदायिक अन्तरकृया कार्यक्रम आयोजना गर्नुपर्ने, पत्रकारहरुको क्षमता तथा बृत्ति बिकासका कार्यक्रम गर्नु पर्ने, मिडियाहरु बीच पनि बेलाबेलामा छलफल कार्यक्रम आयोजना गर्नु पर्ने, समुदायका अगुवाहरुलाई पनि पत्रकारिता विषयमा आधारभूत जानकारी दिनु पर्ने, मिडिया प्रबद्र्धनको लागि नेजाले योजना बनाउनु पर्ने, अमेरिकामा पत्रकारिता गर्ने पत्रकारहरु तथा मिडियालाई बेलाबेलामा प्रोत्साहन गर्नु पर्ने लगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल अमेरिका पत्रकार सँघका अध्यक्ष सुरज भण्डारीले अन्तरकृया कार्यक्रममा सहभागि सबैलाई धन्यवाद दिदै नेजा अमेरिकामा पत्रकारिता गर्ने नेपालीभाषि पत्रकारहरुको सँस्था भएकाले पत्रकारहरुको सुझावको आधारमा पत्रकारिता क्षेत्रको प्रबद्र्धनको लागि नेजाले बिभिन्न योजना बनाउन लागेको जानकारी दिनु भयो ।
अध्यक्ष भण्डारीले पत्रकारिता क्षेत्रको प्रबद्र्धन गर्न उत्तर अमेरिकामा नेपाली पत्रकारिताको बर्तमान अवस्था, सम्भावना र चुनौती विषयमा छलफल कार्यक्रम राखिएको बताउदै प्राप्त महत्वपूर्ण सल्लाह सुझावले योजना निर्माणमा सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा बीआरटी नेपाल डट कमका प्रधान सम्पादक लोकमणि राई, क्यानाडा खबर डट कमका सम्पादकद्वय बद्री तिमल्सिना र प्रकाश क्षेत्री, डीसी नेपालका सम्पादक अर्जुन दाहाल, दुरबिन नेपालका सम्पादक शिव नेपाल, घन्टेश्वर अनलाइनका प्रधान सम्पादक शंकर थापा, हिमालय खबर डट कमका प्रधान सम्पादक विजय घिमिरे, खसोखास डट कमका प्रबन्ध सम्पादक दीपक परियार, नेप्लिज डायस्पोरा डट कमका प्रधान सम्पादक सतीश चापागाईं, नेपाल टच डट कमका सम्पादक बेनुप भट्टराई, ओएस नेपाल डट कमका सम्पादक सन्दीप चौधरी, सञ्जाल खबर डट कमका प्रबन्ध सम्पादक हरि सुवेदी, यूएस खबर डट कमका प्रधान सम्पादक किशन रेग्मी,विश्व न्युज डट कमका निर्देशक योगेश लगायतको सहभागिता रहेको थियो । नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त जूम अन्तरकृया कार्यक्रमको सन्चालन महासचिब बावुराम दाहालले गर्नु भएको थियो ।