अमेरिकामा एनआरएनए निर्बाचन ः रिपोटर्स क्लब अमेरिकाले टेक्सास च्याप्टरका उम्मेदवारसँग साक्षात्कार गर्ने

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद अन्तरगत टेक्सास च्याप्टरमा अध्यक्ष पदका उम्मेदवारहरुसँग खुल्ला साक्षात्कार गरिने भएको छ ।
रिपोटर्स क्लब अमेरिकाले टेक्सास च्याप्टरमा अध्यक्ष पदमा उम्मेदवारी दिएका ५ वटै उम्मेदवारहरुलाई एकै स्थानमा बोलाएर जूलाई १३ तारेखमा दिउसो ३ वजे साक्षात्कार गर्न लागेको हो ।
ड्यालस फोर्टवर्थ क्षेत्रका नागरिक समाज, नेपाली समुदायका अगुवाहरु, पत्रकारहरुको सहभागिता रहने उक्त साक्षात्कार कार्यक्रममा उम्मेदवारहरुले अघि सारेका एजेण्डाहरु, गैरआवासीय नेपाली समुदायका लागि गर्नु पर्ने कामका बारेमा बहस गरिने अध्यक्ष किसन रेग्मीले जानकारी दिनु भयो ।
गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय समिति अन्तरगत टेक्सास च्याप्टरको अध्यक्षको लागि प्रयास बास्तोला, दिपेन्द्र गुरागाई, प्रदीप चौलागाई, रामकृष्ण यादब र रामबाबु गुप्ताले उम्मेदवारी दिएका छन ।