टेक्सासलाई गैरआवासीय नेपाली सँघको उत्कृष्ट च्याप्टर बनाउछौं ः प्रयास बास्तोला, अध्यक्ष पदका उम्मेदवार

          अमेरिकामा एनआरएनए निर्बाचन ः उम्मेदवार प्रयास बास्तोलासँग घण्टेश्वर अनलाईनको साक्षात्कार

घण्टेश्वर अनलाईन ः प्रयास बास्तोला जि, घण्टेश्वर अनलाईनको साक्षात्कार कार्यmममा स्वागत छ ।
प्रयास बास्तोला ः तपाई अनि घण्टेश्वर अनलाईनलाई धेरै धेरै धन्यवाद । निर्बाचनको सन्दर्भमा आफ्ना धारणाहरु सार्बजनिक गर्ने अवसर दिनु भएकोमा ।
घण्टेश्वर अनलाईन ः तपाई आम मतदाताहरुलाई आफ्नो परिचय कसरी दिन चाहानु हुन्छ ?
प्रयास बास्तोला ः मेरो नाम प्रयास बास्तोला हो । मेरो पुख्र्यौली घर झापा हो तर बिगत लामो समय देखि काठमाण्डौंमा बसोवास गर्दै आएका छौं । म सन २००६ मा बिद्यार्थी भिसामा अमेरिका आएको हुँ । म ड्सालसको कोपेल सिटिमा बस्छु । मैले सूचना प्रबिधि तथा कानून विषयको अध्ययन गरेको छु । मलाई बैंक तथा अमेरिकी सेनामा काम गरेको पनि अनुभव छ । म बिगत लामो समय देखि सामाजिक क्षेत्रमा पनि आफ्नो भूमिकालाई अगाडी बढाउदै लगेको छु । नेपाली समाज टेक्सासमा बिगत ६ बर्ष देखि सूचना प्रबिधि सँयोजकको रुपमा रहेर काम गरिरहेको छु । गैरआवासीय नेपाली सँघमा सन २०२१ देखि सकृय रुपमा भूमिका खेलि रहेको छु । अहिले गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद अन्तरगत टेक्सास च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।
घण्टेश्वर अनलाईन ःटेक्सास च्याप्टरको नयाँ नेतृत्वको लागि एक्लै होकि टीम सहित उम्मेदवारी दिनु भएको छ ?
प्रयास बास्तोला ः अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ । हामी टिम सहित उम्मेदवारी दिएका छौं । हाम्रो टीमबाट उपाध्यक्ष, सचिब, महिला उपाध्यक्ष, महिला सचिब कोषाध्यक्ष र युवा सँयोजक पदमा निर्बिरोध भई सक्नु भएको छ । अध्यक्ष र कार्य समिति सदस्य पदमा निर्बाचन हुने अवस्था रहेको छ ।
घण्टेश्वर अनलाईन ः एउटा च्याप्टरको निर्बाचनमा ५ जनाले उम्मेदवारी दिनु भएछ । एउटा सामाजिक सँस्थामा सहमतीको वातावरण बनाएर सबै पदमा निर्बिरोध हुने वातावरण किन भएन ? के असम्भव थियो ?
प्रयास बास्तोला ः तपाईले ठिक कुरा उठाउनु भयो । हामीले टेक्सास च्याप्टरले सहमतीमा नेतृत्व चयन गरेर नमुना बन्न सक्नु पर्छ भनेर साथीहरुका बिचमा छलफल र पहल गरेका थियौं । पदाधिकारी तथा कार्य समिति सदस्य पदमा सहमती जुट्न सकेन । तर हाम्रो प्रयासले सार्थकता पाउन सकेन । लोकतन्त्रमा ईच्छाएको पदमा उम्मेदवार बन्न पाईन्छ । निर्बाचन स्वच्छ र स्वस्थ हुनु पर्छ । हामी जोसुकै जितेपनि समुदायको लागि काम गर्ने हो । गैरआवासीय नेपाली सँघका मतदाताहरु सचेत योग्य र सक्षम छन । मतदाताले विवेक प्रयोग गरेर राम्रो एजेण्डा भएका उम्मेदवारलाई नेतृत्व तहमा पुर्याउछन भन्ने मलाई लाग्छ ।
घण्टेश्वर अनलाईन ः निर्बाचनको तयारी कसरी अगाडी बढाउँदै हुनु हुन्छ ?
प्रयास बास्तोला ः निर्बाचन हो । तयारी गर्ने पर्छ । अमेरिकाको भौगोलिक बनावटका कारण चुनाव महँगो छ । हामी टेक्सासका बिभिन्न सिटिमा रहेका मतदाताहरुसँग भेटघाट गर्ने, अन्तरकृया गर्ने, सल्लाह सुझाव लिने काम जारी राखेका छौं । हामीले भ्याएसम्म अधिकतम समुदाय स्तरमा पुग्ने प्रयास गरेका छौं । हामीले टेलिफोन, सामाजिक सन्जाललाई प्रयोग गरेर पनि मतदाताका बिचमा पुग्ने प्रयास गरेका छौं । तपाई जस्ता लोकप्रिय मिडिया मार्फत पनि आफ्ना धारणा, प्रतिबद्धताहरु, एजेण्डाहरु आम मतदाताका बीचमा पुर्याउने काम गरिरहेका छौं ।
घण्टेश्वर अनलाईन ः तपाई टेक्सास तपाईले एजेण्डाको कुरा गर्नु भयो । तपाईका एजेण्डाहरु केके रहेका छन ?
प्रयास वास्तोला ः एजेण्डा भनेको प्रतिबद्धता हो । आफु निर्बाचित भईसकेपछि गर्ने कामको एकखाले रुपरेखा हो । हरेक उम्मेदवारहरुका आफ्ना प्रतिबद्धताहरु फरक फरक हुन सक्छन । नेपाली समुदायका साझा सवाललाई कसरी बुझेको छ भन्ने मात्र हो । त्यो आधारमा प्रतिबद्धताहरु बनाईन्छ । मैले लामो अध्ययन तथा अनुभवका आधारमा निर्बाचन अघिको प्रतिबद्धताहरु निर्माण गरेको छु । यो नै अन्तिम होईन । हामी निर्बाचित भईसकेपछि पनि समुदायसँग बसेर समुदायका बास्तबिक सवालहरु पहिचान गर्ने र त्यसका लागि कार्यान्वयन योजना बनाउछौं । मैले निर्बाचन अघिको प्रतिबद्धताहरुमा नेपाली समुदायलाई प्रत्यक्ष रुपमा अनुभूति हुने गरि बनाएका छौं । टेक्सास च्याप्टरलाई सबल र सुदृढ बनाएर उत्कृष्ट च्याप्टर बनाउछौं । आर्थिक रुपमा च्याप्टरलाई आत्मनिर्भर बनाउने, सरकारी तथा समुदायसँगको सहभागिता रह सहयोगमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको लागि बिशेष अभियान सन्चालन गर्ने, नेपाली समुदायलाई बिमा सम्बन्धि शिक्षा दिने , बिभिन्न माध्यमबाट अमेरिका आएका नेपालीहरुलाई सवारी चालक अनुमति पत्र, अँग्रेजी भाषा, कर सम्बन्धि जानकारी, अमेरिकामा कामका क्षेत्रहरु र काम खोज्ने तरिकाको वारेमा सहयोग डेस्क स्थापना गर्ने, नेपाली समुदायका बिभिन्न सँस्थाहरुसँग मिलेर अमेरिकामा जन्मेका र हुर्केका नयाँ पुस्तालाई नेपालसँग जोड्न गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिने, नेपाली राजदुताबाससँगको सहकार्य र समन्वयमा बिभिन्न समयमा घुम्ती शिबिर सन्चालन गरि सेवा उपलब्ध गराउने, गैरआवासीय नेपाली सँघमा दोश्रो पुस्ताको सहभागिता बढाउन बिभिन्न कार्यक्रम सन्चालन गर्ने, नेपालबाट अध्ययनका लागि आउने तथा अमेरिकामा रहेका नेपाली समुदायका बिद्यार्थीहरुलाई बिदेशमा अध्ययनका लागि छात्रबृत्ति, प्रशिक्षणका लागि एउटा प्लेट फर्म बनाएर सहयोग गर्ने लगायतका एजेण्डाहरु रहेका छन । यो निर्बाचन अघिको हो । निर्बाचन पछि पनि नेपाली समुदायका लागि गर्नु पर्ने कामको वारेमा समुदायकै सहभागितामा योजना बनाउछौं ।
घण्टेश्वर अनलाईन ः तपाई निर्बाचित भईसकेपछि पहिलो निर्णय के गर्नु हुन्छ ?
प्रयास बास्तोला ः हामीले आफ्नो कार्यकाल भित्र ब्यक्त गरिएका सबै काम गछौं । त्यसमा पनि पहिलो बैठकबाट हामी नेपाली समुदायमा प्रमुख समस्याका रुपमा देखिएको मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषयमा अभियान सन्चालन गर्ने निर्णय गछौं ।

घण्टेश्वर अनलाईन ः निर्बाचन परिणाम आफ्नो पक्षमा आउने कुरामा कत्तिको बिश्वस्त हुनु हुन्छ ?
प्रयास बास्तोला ः म र मेरो टीम पूर्ण रुपमा बिश्वस्त छ । हामी समुदायसँग प्रत्यक्ष रुपमा जोडिएर काम गरिरहेका छौं । समुदायको सुख दुःखमा साथ दिएका छौं । हामीले काम गर्न सक्ने सशक्त युवा टीम निर्माण गरेका छौं । हाम्रो टीमले टेक्सासलाई उत्कृष्ट च्याप्टरमो रुपमा स्थापित गर्ने कुरामा बिश्वस्त छौं । हामी सोही अनुसारका प्रतिबद्धताहरु प्नि तयार गरेका छौं । हामी निर्बाचनमा क्रममा समुदाय स्तरमा जाँदा पनि मतदाताको राम्रो प्रतिकृया पाएका छौं । सल्लाह सुझाव पाएका छौं ।
घण्टेश्वर अनलाईन ः अन्तमा आम मतदाताहरुलाई के भन्न चाहानु हुन्छ ?
प्रयास बास्तोला ः हामीलाई निर्बाचनको माध्यमबाट समुदायको सेवा गर्ने अवसर प्रदान गरिदिन हुन हामी अनुरोध गछौं । हामीलाई बिश्वास र भरोसा गर्नुस । हामी तपाईहरुको बिश्वासलाई कामको माध्यमबाट प्रमाणित गरेर देखाउन चाहान्छौं । हामीले बिभिन्न क्षेत्रमा प्राप्त गरेको ज्ञान सीप र अनुभवलाई नेपाली समुदायको सेवामा खर्चिन चाहन्छौं । म र मेरो टीमलाई आफ्नो अमुल्य मतले बिवयी गराई दिन हुन हार्दिक अपिल गर्दछौं ।

Leave A Reply

Your email address will not be published.