प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्नी शोक

All time tax

घण्टेश्वर अनलाईन
कठमाण्डौं
प्रधानमन्त्री तथा नेकपा(माअ‍ेवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई पत्नी शोक परेको छ । प्रचण्डकी ६९ बर्षिय पत्नी सीता दाहालको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट थला परेकी सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन ।
नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिनु भयो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको बताईएको छ ।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिनेछ । अन्तिम संस्कार भने दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.