डोटीको मौवामा सरकारी गाडी दुर्घटना ः एकको मृत्यु, तीन घाईते

घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
डोटीको आदर्श गाउँ पालिकाबाट सायल तर्फ गईरहेको जिल्ला समन्वय समिति डोटीको बा १ झ ९४३४ नम्बरको गाडी बुधबार दुर्घटना हुँदा एक जनाको घट्नास्थलमा मृत्यु भएको छ भने ३ जना घाईते भएका छन ।
आदर्श गाउँ पालिकाको वडा नं. २ मौवा नजिक भएको उक्त जीप दुर्घटनामा परि मृत्यु हुनेमा आदर्श १ स्याउले घर भएकी ६५ बर्षिय हिरा खड्का रहकी छिन । सो दुर्घटनामा परि गाडीमा सवार बीर बहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालयका मौवाका प्रहरी निरिक्षक यक्षराज जोशीले जानकारी दिनु भयो ।
आदर्श गाउँपालिकाबाट सायलतर्फ जाँदै गरेको सो गाडी अनियन्त्रित भई बुधबार बेलुकी ६ः३० बजे सडकबाट ५ मिटर तल खस्दा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

फोटो ः सिलेट खबरबाट साभार

Leave A Reply

Your email address will not be published.