अमेरिकामा एनआरएनए निर्बाचन ः टेक्सास च्याप्टरलाई हरेक क्षेत्रमा सशक्त बनाउने उम्मेदवारहरुको प्रतिबद्धता
घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अन्तरगत टेक्सास च्याप्टर अध्यक्ष पदका उम्मेदवारहरुले टेक्सास च्याप्टरलाई हरेक क्षेत्रमा सशक्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।
रिपोर्टस क्लब अमेरिकाद्वारा आज युलेश स्थित एक रेष्टुरेन्ट आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवारहरुले च्याप्टरलाई बलियो र उत्कृष्ट बनाउने दूर दृष्टि आफुहरुसँग रहेको दावी गरेका थिए ।
कार्यक्रममा बोल्दै च्याप्टर अध्यक्ष पदमा प्रत्यासी प्रयास बास्तोलाले आफु लामो समय देखि नेपाली समुदायका बीचमा काम गरेकाले नेपाली समुदायका साझा सवालहरुको वारेमा जानकार रहेको बताउनु भयो । आफुले नेपाली समुदायका वास्तविक समस्यामा आधारित भएर प्रतिबद्धता निर्माण गरेको बताउदै आफु च्याप्टर अध्यक्षमा निर्बाचित भएमा आफ्नो अनुभव र बिज्ञतालाई नेपाली समुदायको सेवामा खर्चिने बताए ।
यसैगरि अध्यक्ष पदका अर्का प्रत्यासी प्रदीप चौलागाईले आफ्ना एजेण्डा नै एनआरएनएको एजेण्डा भएको बताए । समुदायको पक्षमा काम गर्नका लागि सँस्था हरेक क्षेत्रमा सुदृढ हुनु पर्ने बताउदै वार्षिक रुपमा योजना निर्माण गरेर सेवामूलक, जानकारीमूलक, शिक्षामूलक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आफु अध्यक्ष पदमा निर्बाचित भएपछि नेपाली समुदायलाई सही सूचना प्रवाह गर्ने, सँस्थालाई हरेक क्षेत्रमा सुदृढ बनाई गैरआवासीय नेपालीको आकर्षणको केन्द्र र आम नेपाली समुदायले भरोसा गर्ने सँस्था बनाउने दावी गर्नु भयो ।
यस्तै अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र गुरागाईको पनि अन्य उम्मेदवारको जस्तै धारणा थियो । सँस्थालाई सवल र सशक्त बनाउदै युवा सहभागिता बढाउने आफ्नो योजना रहेको तर निर्बाचन प्रयोजनको लागि मात्र सदस्य बनाउने परिपाटीलाई पूर्ण रुपमा निरुत्साहित गर्ने बताउनु भयो ।
अर्को उम्मेदवार रामकृष्ण यादबले गैरआवासीय नेपाली सँघलाई हाम्रो पनि राम्रो बनाउने रोडम्याप आफुसँग भएको दावी गर्नु भयो । यादबले पछिल्लो समय टेक्सासमा नेपाली समुदायको जनघनत्व बढ्दै गईरहेको सन्दर्भमा समन्वयात्मक रुपमा काम गर्नु पर्ने आबश्यकता रहेको बताउनु भयो । आफु पेशाले ईन्जिनियर भएकाले काममा बिश्वास गर्ने बताउदै यादबले आफुले भाषण भन्दा पनि कामबाट प्रमाणित गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यस्ता छन उम्मेदवारहरुले व्यक्त गरेका प्रतिबद्धताहरु
प्रयास बास्तोला, अध्यक्ष पदका उम्मेदवार ः
१. नेपाली समुदायमा प्रमुख समस्याका रुपमा रहेको मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामको लागि बिशेष अभियान सन्चालन गर्ने ।
२. नेपाली समुदायलाई अमेरिकी कानूनको आधारभूत जानकारी गराउने ।
३. समुदाय स्तरमा बिमा तथा बित्तिय साक्षरता सम्बन्धि जानकारी दिने ।
४. सवारी चालक अनुमति पत्र, काम खोज्ने, अपार्टमेन्ट खोज्ने, अँग्रेजी भाषा सिक्ने लगायतका अति जरुरी काममा हेल्प डेस्क मार्फत सहयोग र सहजिकरण गर्ने ।
५.आर्थिक रुपमा च्याप्टरलाई सवल बनाउने ।
६.बिद्यार्थीहरुलाई स्कुलरसीप तथा ईन्टरनसीपको लागि सहयोग, सहजिकरण र परामर्श प्रदान गर्ने
७. गैरआवासीय नेपाली सँघप्रति आकर्षण बढाउन बिभिन्न रचनात्मक कार्यक्रम गर्ने ।
८. च्याप्टरलाई समुदायको समेत सहभागितमा हाम्रो र राम्रो बनाउने ।
९. टेक्सासको प्रमुख शहरमा घुम्ती कन्सुलर शिबिर सन्चालन गर्ने र कन्सुलर कार्यालय स्थापनाको लागि पहल गर्ने ।
रामकृष्ण यादब, अध्यक्ष पदका उम्मेदवार
१. च्याप्टरलाई हरेक क्षेत्रमा सुदृढ र बलियो बनाउने
२. ड्यालसमा नेपाल सरकारको कन्सुर स्थापनाको लागि पहल गर्ने
३. नेपाली समुदायका बिभिन्न सँस्थाहरुसँग समन्वय गरि सँगै काम गर्ने वातावरण निर्माण गर्ने
४. मानसिक स्वास्थ्य सम्बन्धि बिशेष योजना बनाई काम गर्ने ।
५. अदक्ष लाई दक्ष बनाई रोजगारीको अवसर श्रृजनाको लागि सहयोग गर्ने
६. सँस्थाको सामाजिक छबि जोगाएर बिभिन्न रचनात्मक काम गर्ने ।
दिपेन्द्र गुँरागाई, अध्यक्ष पदका उम्मेदवार
१. नेपाली समुदाय र बिभिन्न सँस्थाहरुका बीचमा अन्तरकृया कार्यक्रम गर्ने
२. बिद्यार्थी लक्षित कार्यक्रम गर्ने ।
३. टेक्सासमा कम्तीमा पनि एउटा सडकको नेपाली नामाकरण गर्न पहल गर्ने ।
४. बित्तिय साक्षरता बिमा शिक्षा ,मानसिक तथा शारिरीक स्वास्थ्यको लागि बिशेष अभियान सन्चालन गर्ने ।
५. अमेरिकी राजनीतिमा जान चाहने नेपाली समुदायका अगुवाहरुलाई नेपाली समुदायको तर्फबाट पूर्ण सहयोगको वाताबरण श्रृजना गर्ने ।
६. हरेक बर्ष अस्टिनमा फ्रेवुअरी १६ मा नेपाल डे मनाउने ।
७. नेपाल सरकारसँग समन्वय गरि घुम्ती कन्सुलर सेवा सन्चालन गर्ने ।
प्रदीप चौलागाई, अध्यक्ष पदका उम्मेदवार
१. एनआरएनका एजेण्डा नै मेरो एजेण्डा हुन ।
२. स्थानीय सँस्थाहरु वीचमा समन्वय र सहकार्यको वातावरण श्रृजना गर्ने ।
३ च्याप्टरमा हेल्प डेस्क स्थापना गरि बिभिन्न विषयमा परामर्श, सहयोग गर्ने ।
४. टेकसासमा नयाँ व्यवसाय सन्चालन गर्न चाहानेलाई परामर्श सेवा
५. सँस्थामा रचनात्मक कार्यक्रम मार्फत युवा सहभागिता बढाउने
६. बिभिन्न बिषयमा टास्क फोर्स बनाई काम गर्ने
७.अमेरिकी राजनीतिमा आउनेलाई प्रोत्साहन र सहयोग गर्ने ।
टेक्सासका बिभिन्न सामाजिक सँस्थाका प्रतिनिधिहरु, मतदाता, पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा रिपोर्टस क्लब अमेरिकाका अध्यक्ष किसन रेग्मीले स्वागत गर्नु भएको थियो । करिब २ घण्टा चलेको उक्त साक्षात्कार कार्यक्रममा केन्द्रीय सदस्य शँकर थापा र महासचिब ओम आचार्यले सनचालन तथा सहजिकरण गर्नु भएको क्लबले जनाएको छ ।