घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
नेपाली समुदायका वालवालिकालाई लक्षित गरि टेक्सासको राजधानी अस्टिनमा साँस्कृतिक तथा अध्यात्मिक सम्बन्धि एक साता लामो गर्मी शिविर सन्चालन गरिने भएको छ ।
बालबालिकाहरुलाई साँस्कृतिक तथा अध्यात्मिक बिषयमा ज्ञान दिने उद्देश्यले ग्रेटर अस्टिन नेपाली समाज अस्टिनद्वारा उक्त शिविर आयोजना गर्न लागिएको हो ।
गर्मी मौसममा बिद्यालय बिदा हुने भएकाले बालबालिकाहरुलाई नेपाली भाषा, सँस्कृति, धार्मिक तथा अध्यात्मिक बिषयमा थप ज्ञान दिन आबश्यक भएकाले गर्मी शिविर आयोजना गर्न लागिएको ग्रेटर अस्टिन नेपाली समाज अस्टिनका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।
अध्यक्ष भट्टका अनुसार साँस्कृतिक तथा अध्यात्मिक सम्बन्धि गर्मी शिविर आउदो जूलाई महिनाको ६ अगस्ट आईतबार देखि १२ अगस्ट शनिबारसम्म अस्टिनस्थित ग्रेटर अस्टिन सामुदायिक तथा अध्यात्मिक केन्द्रमा सन्चालन हुनेछ । शिविरमा ५ बर्ष भन्दा माथी उमेर समुहका वालवालिकाहरु सहभागि हुन सक्ने ग्यान्सले जनाएको छ ।
शिविरमा अन्तराष्ट्रिय आध्यात्मिक गुरु डाक्टर चिन्तामणीनाथ योगीले अध्यात्मिक जागरण सम्बन्धि प्रेरक कथाहरु, योगा तथा ध्यान लगायतका बिभिन्न नेपाल चिनाउने धार्मिक, साँस्कृतिक, आध्यात्मिक ज्ञान दिने कार्यक्रम रहेको छ भने अन्य स्वयँसेवकहरुले मनोरन्जन, आपतकालिन चिकित्सा जागरण, साथी बनाउने, आत्मबल बिकास, कलेजको लागि बचत सँकलन जस्ता बिषयमा जानकारी दिने कार्यक्रम तय भएको छ ।
न्यूनतम शुल्कमा सन्चालन हुने उक्त शिविरमा सिमित मात्रामा सिट भएकाले समयमा आफ्ना वालवालिकालाई भर्ना गराउन आयोजकले अस्टिन स्थित नेपाली समुदायलाई आग्रह गरेका छन ।