टेक्सासलाई पारदर्शी, समाबेशी र उत्कृष्ट च्याप्टर बनाउँछौं ः रामबाबु गुप्ता, अध्यक्ष पदको उम्मेदवार टेक्सास च्याप्टर

All time tax

                                     अमेरिकामा एनआरएन निर्बाचन ः उम्मेदवारहरुसँग घण्टेश्वर अनलाईनको साक्षात्कार
घण्टेश्वर अनलाईन ः साक्षात्कार कार्यक्रममा स्वागत छ, रामबाबु गुप्ता जि
रामबाबु गुप्ता ः तपाई अनि तपाईको लोकप्रिय मिडिया घण्टेश्वर अनलाईनलाई पनि धेरै धेरै स्वागत छ ।
घण्टेश्वर अनलाईन ः टेक्सास स्थित गैरआवासीय नेपाली सँघका आम मतदाता तथा सदस्यहरुलाई आफ्नो परिचय कसरी दिनु हुन्छ ?
रामबाबु गुप्ता ः मेरो नाम रामबाबु गुप्ता हो । मेरो घर पर्सा जिल्लाको बिरगन्जमा पर्दछ । म सन २०१२ मा अमेरिका आएको हुँ । म अमेरिका आएदेखि टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रलाई कर्मक्षेत्र बनाएर बिभिन्न सामाजिक गतिबिधिमा सकृय भएर काम गरिरहेको छु । म पेशाले ईन्जिनियर हुँ ।
घण्टेश्वर अनलाईन ःतपाईको सामाजिक क्षेत्रको आबद्धताको बारेमा बताई दिनुस न ?
रामबाबु गुप्ता ः मानिस सामाजिक प्राणी हो । मानिस सँसारमो जूनसुकै ठाउँमा गएपनि समाजमा बस्न चाहान्छ । म अमेरिका आएदेखि नै मधेसी समाज, नेपाली समाज टेक्सासमा आबद्ध भएँ । सन २०१२ देखि नै गैरआवासीय नेपाली सँघ अमेरिकाको सदस्यता लिएर यसका बिभिन्न गतिबिधिहरुमा सकृय भएर काम गर्दै आईरहेको छु । म अहिले गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अन्तरगत टेक्सास च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।
घण्टेश्वर अनलाईन ः तपाईले टेक्सास च्याप्टरको अध्यक्ष पद नै किन रोज्नु भयो ?
रामबाबु गुप्ता ः मैले अहिलेसम्म गैरआवासीय नेपाली सँघको कुनै पनि पद लिएको छैन तर गैरआवासीय नेपाली सँघको च्याप्टर स्तरमा होस वा राष्ट्रिय समन्वय परिषद स्तरमा होस हरेक कार्यक्रममा सकृयतापूर्बक सहभागि भई सहयोग गर्दै आईरहेको छु । मैले गैरआवासीय नेपाली सँघलाई नजिकबाट अध्ययन गरेको छु । गैरआवासीय नेपालीहरुका साझा सवालहरु, समस्याहरु बुझेको छु । सँस्थाका सवल पक्ष र दुर्बल पक्षलाई केलाएको छु । जब सँस्थालाई र समुदायका साझा सवाललाई नजिकबाट बुझिन्छ तव मात्र समुदायको पक्षमा काम गर्न सकिन्छ । त्यसैले अध्यक्ष पदमा रहेर नेपाली समुदायका सुख दुःखमा सहयोगी बन्ने उद्देश्य सहित मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।
घण्टेश्वर अनलाईन ः तपाईले निर्बाचनको प्रचार अभियानलाई कसरी अगाडी बढाउदै हुुनु हुन्छ ?
रामबाबु गुप्ता ः हामी निर्बाचनको सँघारमा छौं । टेक्सास भुगोलमा पनि सबै भन्दा ठूलो र मतदाता पनि सबै भन्दा बढी रहेको राज्य हो । हामी सबै मतदाता सम्म त पुग्न सकेनौं । हामी टीमको तर्फबाट र व्यक्तिगत रुपमा अधिकाँश मतदाता सम्म पुग्ने प्रयास गरेका छौं । सामाजिक सन्जाल र मिडिया मार्फत सबै मतदाता सम्म आफ्ना बिचार, धारणा, प्रतिबद्धताहरु पुर्याएका छौं । टेलिफोन मार्फत पनि मतदाताहरुलाई मत माग्ने काम गरिरहेका छौं । गैरआवासीय नेपाली सँघका मतदाताहरु सचेत नागरिक हुने भएकाले निर्बाचनमा बिबेक पुर्याएर निर्णय गर्छन भन्ने लाग्छ ।
घण्टेश्वर अनलाईन ः निर्बाचनमा मतदाताहरुलाई आकर्षित गर्ने के कस्ता एजेण्डाहरु रहेका छन ?
रामबाबु गुप्ता ः हामीले टेक्सास च्याप्टरलाई हाम्रो र राम्रो बनाउनका लागि केही योजना अघि सारेका छौं । हाम्रा योजनालाई आम मतदाताहरुले मन पनि पराएका छन । हामी निर्बाचन पछि पनि मतदाताका बीचमा अन्तरकृया गर्ने नै छौं । हामीले बिभिन्न कारणले बिभाजित समाजलाई बिभिन्न कार्यक्रमको माध्यमबाट जोड्ने, गैरआवासीय नेपाली सँघ प्रति समुदायको आकर्षण बढाउन बिभिन्न रचनात्मक कार्यक्रमहरु गर्ने, नेपाल सरकारसँगको समन्वयमा बिगत झै टेक्सासका प्रमुख शहरमा घुम्ती कन्सुलर शिबिर आयोजना गर्ने, टेक्सासको ड्यालसमा नेपाल सरकारको कन्सुलर सेवा कार्यालय स्थापनाको लागि एनसिसि र आईसिसि मार्फत पहल गर्ने, साझा सवालमा सँयुक्त रुपमा काम गर्न बिभिन्न सँस्थाहरु बीचमा सहकार्य र समन्वयको वातावरण निर्माण गर्ने, समुदाय स्तरमा बिभिन्न सवालमा सामुदायिक अन्तरकृया कार्यक्रम आयोजना गर्ने, बिभिन्न टास्कफोर्स निर्माण गरेर नयाँ परिवारका लागि सवारी चालक अनुमति पत्र, अँग्रेजी भाषा, अपार्टमेन्ट, काम खोज्नका लागि सहयोग र सहजिकरण गर्ने, निर्बाचन प्रयोजनको लागि नभएर सँस्थालाई हाम्रो र राम्रो बनाउन सदस्य सँख्या बृद्धि गर्ने, सँस्थागत बिकास, दस्ताबेजीकरण, सूचना प्रबिधिको प्रयोग, मिडियालाई परिचालन गरेर सही सूचना नेपाली समुदायमा पुर्याउन पहल गर्ने जस्ता रहेका छन । निर्बाचन पछि पनि समुदायसँग अन्तरकृया जारी राखिने प्रतिबद्धता व्यक्त गरेका छौं ।
घण्टेश्वर अनलाईन ः अध्यक्ष पदमा ५ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्बाचनको परिणाम आफ्नो पक्षमा आउछ भन्ने कुरामा कत्तिको बिश्वस्त हुनु हुन्छ ?
रामबाबु गुप्ता ः अहिले सबैतिर चासो र चिन्ताको विषय भनेको गैरआवासीय नेपाली सँघ गतिशिल भएन । हाम्रो पनि भएन राम्रो पनि भएन भन्ने नै सुनिन्छ । त्यसको प्रमुख कारण भनेको सँस्थालाई शुद्धिकरण गर्न नसक्नु नै हो । सँस्था परम्परागत शैलीमा सन्चालित हुनु हो । हाम्रो सँस्थालाई रुपान्तरण गर्न चाहन्छौं । गतिशिल बनाउन चाहान्छौं । सँस्थालाई हाम्रो पनि राम्रो पनि बनाउन चाहान्छौं । नेपाली समुदायको भावना अनुसार हामीले प्रतिबद्धताहरु निर्माण गरेका छौं । हाम्रा योजना नै आम मतदाताका योजनाहरु हुन । त्यसैले निर्बाचनको परिणाम हाम्रो पक्षमा आउछ भन्ने कुरामा दुईमत नै छैन । तपाईलाई भनौं, टेक्सास पहिलो पटक समाबेशी र उत्कृष्ट च्याप्टर बन्दैछ ।
घण्टेश्वर अनलाईन ः तपाईले केकेमा रुपान्तरण गर्नु पर्छ भन्नु भएको हो ?
रामबाबु गुप्ता ः अहिले सँस्था सन्चालन बिधि परम्परागत शैलीको छ । अहिलेको शैलीले आम मतदाता तथा सदस्यहरुको भावनालाई सम्बोधन गर्न सक्दैन । सँस्था गतिशिल बन्न सक्दैन । नेपाली समुदायका साझा सवालहरु पहिचान हुन सक्दैनन । सँस्थालाई पारदर्शी, समाबेशी र बिश्वसनिय बनाउन सकिदैन । त्यसैले सँस्थाको योजना तर्जुमा प्रकृया, कार्यान्वयन, काम गर्ने शैलीमा रुपान्तरण, सँस्थागत सँरचना, नितिगत सवाल, सहभागिताको सवालमा रुपान्तरण गर्न आबश्यक छ ।

घण्टेश्वर अनलाईन ः अन्तमा आम मतदाताहरुलाई के भन्न चाहानु हुन्छ ?
रामबाबु गुप्ता ः म टेक्सास च्याप्टरलाई गतिशिल, समाबेशी, पारदर्शी, बिश्वसनिय बनाउने उद्देश्य सहित च्याप्टर अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । हामी काममा बिश्वास गर्छौं । हामी सँस्थालाई रुपान्तरण गरेर देखाउछौं । सँस्थामा युवा बर्ग तथा नेपाली समुदायको आकर्षण बढाउछौं । सँस्था राम्रो भएमा हामी राम्रो हुने हो । मैले आगामी २ बर्षको समय गैरआवासीय नेपाली सँघ टेक्सास च्याप्टरलाई उत्कृष्ट च्याप्टरको रुपमा स्थापित गरि गैरआवासीय नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको सेवा गर्ने योजना बनाएको छु । म सँस्थालाई आम गैरआवासीय नेपालीको साझा सँस्था बनाउने, हाम्रो र राम्रो सँस्था बनाउने उद्देश्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएकाले राष्टिय समन्वय परिषदमा डा. अर्जुन बन्जाडे नेतृत्वको टीम र च्याप्टरमा मलाई अध्यक्ष पदमा आफ्नो अमूल्य मत दिई बिजयी गराउन हुन बिनम्र अनुरोध गर्दछु ।

Leave A Reply

Your email address will not be published.