अमेरिकामा एनआरएन निर्बाचन ः मोवाईल फोन र ईमेलमा आएको लिङकलाई क्लिक गरेर मतदान गर्न सकिने

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषदको भोली निर्बाचनको सबै तयारी पुरा भएको छ । निर्बाचनमा मतदान गर्नको लागि जूलाई २२ बिहान देखि जूलाई २३ बिहान ८ बजे सम्म २४ घण्टाको समयबधी छुट्याईएको निर्बाचन आयोगका प्रमुख आयुक्त बासु फुलाराले जानकारी दिनु भयो ।
निर्बाचन आयोगले नेपाल अमेरिका पत्रकार सँघ(नेजा) मार्फत गरेको पत्रकार सम्मेलनको आयोजना गरि दिएको जानकारी अनुसार निर्बाचन प्रयोजनको लागि हरेक मतदाताको ब्यक्तिगत फोन र ईमेलमा निर्बाचन आयोगले लिंंक पठाउने र लिँकमा क्लिक गरेर फेसियल भेरिफिकेशन गरिसकेपछि मतपत्रमा मतदान गर्न सकिने छ ।
निर्बाचनलाई थप बिश्वसनिय बनाउन अष्ट्रेलियन कम्पनी भेरो प्रबिधिबाट निर्बाचन हुन लागेकोले सबैले पर्याप्त समय लिएर मतदानमा सहभागि हुन निर्बाचन आयोगले आग्रह गरेको छ । जसको सेल्फी डाउनलोड भएको छ, उसको मात्र फेसियल भेरिफिकेशन हुने भएकाले सेल्फी डाउनलोड नभएकाहरु करिब १६०० आजिवन सदस्यहरु मतदानबाट बन्चित हुने देखिएको छ ।
पत्रकारहरुले सोधेको एक प्रश्नको जवाफमा प्रमुख आयुक्त फुलाराले निर्बाचन आयोगलाई गैरआसावीय नेपाली सँघ, अन्तराष्ट्रिय समन्वय परिषदले दिएको अन्तिम नामावली अनुसार निर्बाचन हुने भएकाले निर्बाचन आयोगले मतदाता सूचीमा हेरफेर गर्न नसकिने बताउनु भयो । जूम मार्फत गरिएको पत्रकार सम्मेलनमा प्रमेख निर्बाचन आयुक्त बासु फुलारा, निर्बाचन आयुक्त प्रियन्जन दाहाल र खड्ग उप्रेतीले पत्रकारहरुले सोधेका बिभिन्न जिज्ञासाको जवाफ दिनु भएको थियो ।
जूलाई २२ र २३ हुने निर्बाचनमा सेल्फी डाउनलोड भएका १३ हजार ६ यि ९२ साधारण सदस्य र ७ सय ८९ जना आजिवन सदस्यहरु मात्र मतदानको लागि योग्य रहेका छन । राष्ट्रिय समन्वय परिषद र च्याप्टरमा गरि ३ सय ६१ जना उम्मेदवारहरुले चुनावी प्रतिष्पर्धा गर्दैछन ।

Leave A Reply

Your email address will not be published.