छानविन नगरि आधिकारिक रुपमा निर्बाचन परिणाम घोषणा गर्न सकिदैन ः बासु फुलारा, प्रमुख निर्बाचन आयुक्त

All time tax

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषदको निर्बाचनको परिणाम आधिकारिक रुपमा घोषणा गर्न केही समय पर्खनु पर्ने भएको छ । निर्बाचन आयोगका प्रमुख बासु फुलाराले आज फेसबुक लाईभ मार्फत पत्रकार सम्मेलन गर्दै निर्बाचन आयोगले आधिकारिक रुपमा निर्बाचनको परिणाम घोषणा गर्नु अघि परिणाम सामाजिक सन्जाल मार्फत सार्बजनिक गरिएकाले सत्यतथ्य छानविन नगरि परिणाम घोषणा गर्न नसकिने बताउनु भयो ।
निर्बाचन सम्पन्न भईसकेपछि भेरो कम्पनीले निर्बाचनको परिणाम ईमेल मार्फत निर्बाचन आयोगलाई दिउसो १२ बजेर २१ मिनेटमा पठाएको थियो । हामी ईमेल डाउनलोड गरेर निर्बाचनको परिणाम घोषणा गर्ने तयारी गर्दै थियौं । तर सोही समयमा सामाजिक सन्जालमा निर्बाचनको परिणाम पोष्ट भएको देखियो । त्यसको आधिकारिक रुपमा छानविन नगरि परिणाम घोषणा गर्नुको कुनै अर्थ रहेन, प्रमुख निर्बाचन आयुक्त फुलाराले पत्रकारहरुलाई जानकारी दिनु भयो ।
निर्बाचनको परिणामको सूचना कसले बाहिर सूचना चुहायोे भनेर प्रमुख निर्बाचन आयुक्त फुलाराले नाम किटान गरेनन तर गैरआवासीय नेपाली सँघ, अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारीहरुबाट सूचना बाहिरिएको हुन सक्ने आशँका गर्नु भयो ।
गैरआवासीय नेपाली सँघ अमेरिकाको ईतिहासमा सबैभन्दा बढी ८२ प्रतिशत मत खसेको जानकारी गराउँदै फुलाराले घोषणा गर्नु अघि निर्बाचन परिणामको सूचना लिकेज गरेर निर्बाचन परिणामको प्रतिक्षामा रहेका मतदाताहरु प्रति बेईमानी गरिएको बताउनु भयो ।
सूचना बाहिरिएको प्रति गैरआवासीय नेपाली सँघ,अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. बद्री केसीले निर्बाचन आयोगलाई आधिकारिक रुपमा पत्र लेखेर गल्ती स्वीकारेको समेत फुलाराले जानकारी गराउनु भयो ।
हामीले १३ हजार बढी मतदाताको भावना माथी खेलवाड गर्न सक्दैनौ । अष्ट्रेलियन कम्पनी भेरोलाई फोन गरेर आधिकारिक रुपमा तथ्याँक मागेका छौं । दुबै तथ्याँक हेरेर मात्र निर्बाचन परिणाम घोषणा गर्ने नगर्ने निर्णय गरिने निर्बाचन आयोगका प्रमुख बासु फुलाराले जानकारी गराउनु भयो ।
आम मतदातालाई केही समय धैर्य गर्न आग्रह गर्दै फुलाराले हामी दुबै तथ्याँक भिडाएर छानबिन गर्दैछौं । सम्भवत आज मध्य राती वा भोली निर्बाचन परिणाम आधिकारिक रुपमा घोषणा गरिने सँकेत गर्नु भयो । पत्रकारको एक प्रश्नको जिज्ञासामा फुलाराले भेरो कम्पनीको तथ्याँक र निर्बाचन आयोगको तथ्याँकमा फरक देखिएमा पुन निर्बाचन गर्नु पर्ने अवस्था आउन सक्ने फुलाराको भनाई थियो ।

Leave A Reply

Your email address will not be published.