क्यालिफोर्निया निवासी अछामका तुलाराम बजगाईलाई पत्नी शोक, शब व्यवस्थापनको लागि गो फण्ड मार्फत सहयोग सँकलन शुरु

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अछाम जिल्लाको मुलि घरभई हाल दक्षिण क्यालिफोर्नियाको विउमण्ट बस्दै आउनु भएका तुलाराम बजगाईलाई पत्नी शोक परेको छ । बिगत केही महिना देखि बिरामी भई अस्पताल भर्ना भएकी सामाजिक अभियन्ता तुलाराम बजगाईकी पत्नी धना बजगाँईको उपचारकै क्रममा सोमबार बेलुकी निधन भएको हो ।
मृतकको पार्थिव शरीरको दाहसँस्कार गर्न आर्थिक समस्या परेकाले उनका पति तुलराम ठकुल्लाले गोफण्ड खोली सहयोगको लागि अपिल गरेका छन ।
क्यालिफोर्नियाको लसएन्जल्स निवासी हेमबहादुर ठकुल्लाले दिनु भएको जानकारी अनुसार गैरआवासीय नेपाली सँघ क्यालिफोर्निया च्याप्टरले मृतकका परिवारलाई मृत्यु सँस्कार तथा परिवारलाई सहयोग गर्ने उद्देश्यले गो फण्ड खोली सहयोग सँकलन अभियान शुरु गरेको छ ।
मृतकका दुई छोरा र १ छोरी रहेका छन । मृतक धना केही महिना अघि मात्र नेपालबाट अमेरिका आएकी थिईन । यसै बीच बिभिन्न राज्यमा रहेका सुदूरपश्चिम नेपाली समाजहरुले पनि मृतकको शब व्यवस्थापन तथा परिवारलाई सहयोगका लागि गो फण्ड मार्फत सहयोग गरि दिन हुन सबै नेपाली समुदायलाई अनुरोध गरेका छन ।