घण्टेश्वर अनलाईन
दिपायल
डोटीको दिपायल स्थित सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका वडा नंं.३ तेलपारे बगरका खेल्ने क्रममा नदीमा डुबेर ५ वर्षीय बालक सुशान्त साउँद बेपत्ता भएको प्रहरीले जनाएको छ ।
स्थानीय तेलपारे बगरमा खेल्ने क्रममा नदीमा पुगेका सुशान्त साउँद नदीमा डुबेर बेपत्ता भएका थिए । उनीसँगै डुबेका अर्का चार बर्षिय बालक मिलन साउँदलाई भने स्थानीयले उद्दार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक लक्ष्मी जोशीले जानकारी दिनु भयो ।
प्रहरी निरिक्षक जोशीका अनुसार उद्दार गरिएका बालक मिलन साउँदको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ भने अर्का बेपत्ता भएका वालक सुशान्तको खोजी गर्न स्थानीय बासिन्दाहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।