एचडीएनपी ईन्टरनेशनलद्वारा घरवारबिहिनहरुलाई सहयोग गर्न कोष बृद्धि अभियान शुरु

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेशनल ) ले घरवार बिहिनहरुका लागि सहयोग गर्न कोष बृद्धि अभियान शुरु गरेको छ ।
घरवार बिहिनहरुका लागि कोष बृद्धि अभियान अन्तरगत आगामी अक्टोवर महिनाको १४ तारेखका दिन कोष बृद्धि गाला कार्यक्रम आयोजना गर्न लागिएको सो सँस्थाका प्रमुख देबी डेभिड आचार्यले बताउनु भयो ।
एचडीएनपी इन्टरनेशनलका प्रमुख आचार्यका अनुसार कोष बृद्धि गाला कार्यक्रम दि ह्वाईट रुम  2227 W Park Row Dr Pantego 76013 मा बेलुकी ६ बजेदेखि राती ११ बजेसम्म सन्चालन हुने छ । उक्त अवसरमा बिशेष व्यक्तित्वहरुको शत्र ,रात्रीभोज, विभिन्न राष्ट्रको प्रतिनिधित्व हुने गरि साँस्कृतिक कार्यक्रम तथा पुरस्कार बितरण, घरबारविहीनहरूलाई सहयोग गर्ने र समुदायमा उल्लेखनिय भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको सो सँस्थाले जनाएको छ ।
हामीले हरेक बर्ष अक्टोवर महिनामा कोष बृद्धि गर्न बिभिन्न अभियान गर्ने गर्दछौं । गाला कार्यक्रम पनि कोष बृद्धि अभियानको प्रमुख कार्यक्रम हो । बिभिन्न कार्यक्रमबाट सँकदन भएको रकम हामीले टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका घरवार विहिनहरुको लागि आबश्यकता अनुसार खाना बितरण, न्यानो लुगा बितरण, सिल्पिङ व्याग, सिरानी लगायतका सामग्रीहरु बितरण गरिने एचडीएनपी इन्टरनेशनलका प्रमुख आचार्यले बताउनु भयो ।
गाला कार्यक्रममा सहभागिता जनाउनका लागि टिकट खरिद गर्नु पर्ने छ । अक्टोवरमा आयोजना हुने गाला कार्यक्रममा २५० जना अतिथीहरुको सहभागिता हुने अपेक्षा गरिएको छ । बिस्तृत जानकारी लिन एचडिएनपि इन्टरनेसनलको आफ्नो आधिकारिक संजालस्थल (वेबसाइट)मा हेर्न सकिने सँस्थाले भनेको छ ।
नेपाली समुदायका अगुवाहरुले स्थापना गरेको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) ले सन २०१२ देखि टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका घरवारबिहिन(होमलेस) हरुका लागि बिभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.