नेपाली समाज टेक्सास स्थापनाको २५ बर्ष , बिभिन्न कार्यक्रमको आयोजना गरि २५ औं स्थापना दिवस मनाईदै

All time tax

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
अमेरिकाको टेक्सास राज्य स्थित नेपाली समुदायको प्रमुख सँस्था नेपाली समाज टेक्सास स्थापनाको २५ बर्ष पुगेको छ । नेपाली समाज टेक्सासले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्वब बिभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ ।
नेपाली समाज टेक्सासले स्थापनाको २५ बर्ष पुगेको अवसरमा सँस्थाले हालै फुटबल प्रतियोगिता सम्पन्न गरि सकेको छ । यसै गरि यही अगष्ट महिनाको २६ मा सिटी अफ युलेशसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बताउनु भयो ।
अध्यक्ष वाग्लेका अनुसार नेपाली समाज स्थापनाको २५ औं स्थापना दिवसको अवसरमा स्मारिका प्रकाशन गर्न लागिएको छ । आगामी सेप्टेम्बर महिनाको ३० तारेखमा स्मारिका बिमोचन तथा नेपाली समुदायका बिभिन्न सँस्थाहरुसँगको सहकार्यमा डे परेड पनि आयोजना गरिने नेपाली समाज, टेक्सासले जनाएको छ ।
नेपाली समाज टेक्सासमा करिब ४ हजार साधारण तथा आजिवन सदस्यहरु आबद्ध रहेका छन । हरेक हप्ता नेपाली समुदायका बीचमा कार्यक्रम आयोजना गर्दै आएको नेपाली समाज टेक्सासका ग्लोबल नेपाली स्कुल, समर क्याम्प, नेपाली मन्दिर (पशुपति नाथ तथा बुद्ध मन्दिर) स्थापना, हिमालय हेल्थ क्लिनिक, नेपाल अमेरिका चेम्बर अफ कमर्सको स्थापना, भुकम्पको समयमा नेपालमा १२ वटा स्कुलको स्थापना लोकप्रिय काम हुन ।

Leave A Reply

Your email address will not be published.