घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
गैरआवासीय नेपाली सँघ, राराष्ट्रिय समन्वय परिषद अमेरिकाका निबर्तमान बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्थले अन्तराष्ट्रिय समन्वय परिषदको सचिबमा उम्मेदवारी दिने भएका छन ।
आगामी अक्टोबर महिनामा नेपालमा हुन लागेको निर्बाचनमा सचिबमा उम्मेदवारी दिने आकाँक्षा सहित पन्थले आफ्ना शुभेच्छुकहरु, बिभिन्न देशका राष्ट्रिय समन्वय परिषदहरुसँग छलफल अगाडी बढाउनु भएको छ ।
अमेरिकाको मेरिल्याण्डलाई कर्मथलो बनाएर बिभिन्न सामाजिक क्षेत्रमा सकृय रहनु भएका पन्त लामो समय देखि एनआरएनए अभियानमा सँलग्न रहेका छन ।
पन्थ गैरआवासीय नेपाली सँघ अमेरिकाको बरिष्ठ उपाध्यक्ष हुँदा भवन खरिद अभियानका सँयोजक थिए । केही समयअघि गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय समितिका अध्यक्षको उम्मेदवारको रुपमा हेरिएका पन्त आफु पछाडी हटेर शुरुदेखि नै डा. अर्जुन बन्जाडेलाई समर्थन गर्दै निर्बाचित गराउन सफल भएका थिए ।
अगामी अक्टोवर महिनामा अन्तराष्ट्रिय समन्वय परिषदको निर्बाचन हुने भएपछि बिभिन्न आकाँक्षीहरुले आफ्ना उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । यसअघि अध्यक्ष पदमा रविना थापा, डा. केशब पौडेल, महेश श्रेष्ठ अध्यक्ष पदमा, गौरी जोशीले महासचिब पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन ।