नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार दिलमाया र कमलालाई प्रदान गरिने

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले हरेक दुई बर्ष प्रदान गर्दै आएको “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार” यस बर्ष दुईजनालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
यस बर्षको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार दिलमाया शाही, सन्धान अनलाईन जुम्लालाई र कमला तामाङ ‘पाख्रिन’ कान्तिपुर टेलिभिजन सिन्धुपाल्चोकलाई प्रदान गर्ने निर्णय भएको नेपाल अमेरिका पत्रकार सँघ(नेजा) का महासचिब बाबुराम दाहालले जानकारी दिनु भयो ।
नेपाल पत्रकार महासँघसँगको समन्वयमा गठन गरिएको पुरस्कार सिफारिस समितिद्वारा गरिएको सिफारिसको आधारमा दुई जनालाई पुरस्कारको लागि छनौट गरिएको नेजाले जनाएको छ ।
पुरस्कार सिफारिस समितिले २०७८ साल भदौदेखि २०८० साल वैशाख ५ गतेसम्म प्रकाशन/प्रसारण भएका तीनओटा सामग्रीसहित आबेदन दिन सार्बजनिक सूचना आह्वान गरेको थियो । तोकिएको समयमा समितिलाई प्राप्त २२७ वटा आवेदन मध्येबाट ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकारहरु मध्येबाट उत्कृष्ट दुई जनालाई पुरस्कारको लागि छनौट गरिएको महासचिब दाहालले बताउनु भयो । नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारको रकम २ लाख २२ हजार २ सय २२ रुपैयाँ २२ पैसा रहेको छ ।
सन २०११ मा स्थापित नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारको राशी शुरुमा १ लाख ११ हजार १ सय ११ पैसा ११ भएकोमा सन २०१८ देखि बृद्धि गरेर २ लाख २२ हजार २ सय २२ रुपैयाँ २२ पैसा बनाईएको थियो ।
“नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार – २०२२” नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेपालमा एक कार्यक्रम आयोजना गरि बितरण गरिने नेपाल अमेरिका पत्रकार सँघ(नेजा) ले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.