डेभलपमेन्ट फर पिस ईन्टरनेशनलद्वारा धादिङ्गको गौंथलेमा “ईरा आचार्य स्मृति छात्रबृत्ति अक्षय कोष” स्थापना गरिने

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
शान्तिका लागि बिकास (डेभलेपमेन्ट फर पिस) इन्टरनेशनल टेक्सासले धादिङ्ग जिल्लाको एक बिद्यालयमा “ईरा आचार्य स्मृति छात्रबृत्ति अक्षय कोष” स्थापना गर्ने भएको छ ।
ड्यालस फोर्टवर्थ क्षेत्रकी समाजसेवी तथा सँस्थाकी सकृय सदस्य स्व. ईरा आचार्यको स्मृतिमा धादिङ्ग जिल्लाको चक्र महाकाली आधारभूत बिद्यालय गौंथलेमा छात्रबृत्ति अक्षय कोष स्थापना गर्न लागिएको डेभलेपमेन्ट फर पिस इन्टरनेशनल टेक्सासका अध्यक्ष दिपक खरेलले बताउनु भयो । यो छात्रबृत्ति अक्षय कोष डेभलपमेन्ट फर पिस इन्टरनेसनलको पहलमा स्थापना भएको पाँचौं अक्षय कोष हो
अध्यक्ष खरेलका अनुसार उक्त बिद्यालयमा “ईरा आचार्य स्मृति छात्रवृत्ति अक्षय कोष” स्थापनाको लागि गत मे ७, २०२३ मा “मिलन लामा साँझ“ साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट सँकलन भएको रकममा सँस्थाको तर्फबाट केही रकम थपेर २ लाख रकमको अक्षय कोष स्थापना गरिने छ ।
उक्त बिद्यालयमा समाजसेवी स्व. ईरा आचार्यको स्मृतिमा अक्षय कोष स्थापना गरि त्यसबाट प्राप्त ब्याज रकमबाट बिद्यार्थीहरुलाई हरेक बर्ष विपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति प्रदान गरिने सो सँस्थाले जनाएको छ ।
स्थानीय चक्र महाकाली आधारभूत बिद्यालयमा बालबालिकाहरुको उपस्थिति दर बढाउन प्रोत्साहन स्वरुप हरेक शैक्षिक सामग्री तथा बिद्यालय पोशाक उपलब्ध गराउन गौंथले स्थित “चक्रदेबी आमा समुह” ले डेभलपमेन्ट फर पिस इन्टरनेशनललाई अनुरोध गरेको थियो । डेभलपमेन्ट फर पिस इन्टरनेसनलले केही समय अघि सो बिद्यालयका बिद्यार्थीहरुलाई कापी, कलम, किताव आदि वितरण गरेको अध्यक्ष खरेलले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.