घण्टेश्वर अनलाईन
वालटिमोर, मेरिल्याण्ड
अमेरिकाको मेरिल्याण्डका बिभिन्न स्थानमा रहेका सुदूर पश्चिमेलीहरुले पनि यस बर्षको गौरा पर्ब धुमधामका साथ मनाउने भएका छन ।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डको आयोजनामा यही अगष्ट महिनाको २७ तारेख आईतबारका दिन गौरा पर्ब मनाउने गरि तयारी शुरु गरिएको हो ।
मेरिल्याण्डको Meadwood Regional Park 10650 Falls RD Timonium MD 21093 मा आयोजना गरिने गौरा बिशेष कार्यक्रममा गौरा देबीको पूजाआजा, गौरा नृत्य, डेउडा खेल, भुवा नाच,हुड्केली, धामी नाचमुख्य आकर्षण रहेको सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डले जनाएको छ ।
सुदूरपश्चिमेलीको प्रमुख साँस्कृतिक चाड गौरा पर्बमा सहभागिताका लागि समाजले मेरिल्याण्डमा रहेका सुदूरपश्चिमेलीका अतिरिक्त ईच्छुक नेपाली समुदायलाई पनि अनुरोध गरेको छ ।
अमेरिकाका बिभिन्न राज्यमा रहेका सुदूरपश्चिमेलीहरुले हरेक बर्ष गौरा लगायत सुदूरपश्चिमका प्रमुख साँस्कृतिक चाडहरुलाई हर्षोल्लासका साथ मनाउदै आएका छन । अमेरिकामा प्रायजसो नेपालीहरु काममा व्यस्त हुने भएकाले सबैलाई अनुकुल हुने दिनमा चाडपर्बहरु मनाउने गरिन्छ ।