एनआरएनए टेक्सास च्याप्टरको नयाँ नेतृत्वलाई पद हस्तान्तरण

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास,
गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अन्तरगत टेक्सास च्याप्टरका निर्बाचित पदाधिकारी सदस्यहरुलाई पद हस्तान्तरण गरिएको छ ।
युलेश स्थित गोर्खा वार एण्ड ग्रिलको सभाकक्षमा आईतबार एक कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण गरिएको हो । उक्त अवसरमा गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषदका बरिष्ठ उपाध्यक्ष बिकास उप्रेतीले नव निर्बाचित च्याप्टरका पदाधिकारी सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
पदभार ग्रहण गर्दै टेक्सास च्याप्टरका अध्यक्ष दिपेन्द्र गुरागाईले गैरआवासीय नेपाली समुदायको सुझावको आधारमा च्याप्टरलाई थप गतिशिल बनाउने र बिगतका कार्य समितिका असल अभ्यासलाई निरन्तरता दिईने बताउनु भयो । यसैगरि निबर्तमान अध्यक्ष सोफिन थापाले आफ्नो दुई बर्षे कार्यकालमा गरेका कामको चर्चा गर्दै आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भयो ।
टेक्सस च्याप्टरका नव निर्बाचित अध्यक्ष दिपेन्द्र गुरागाईको अध्यक्षता तथा सचिब निश्चल चापागाईको सन्चालनमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैरआवासीय नेपाली सँघ, अन्तराष्ट्रिय समन्वय परिषदका महासचिब गौरीराज जोशीले एनआरएनए एउटा साझा अभियान भएकाले हरेक सदस्यले सँस्थाको छबिलाई उचो राख्न भूमिका खेल्नु पर्ने बताउनु भयो ।
अहिले आईसिसिले एनसिसिलाई चिनेन भन्ने ब्यापक गुनासो उठिरहेको बताउदै महासचिब जोशीले आईसिसि सँस्थाको बिधान अनुसार आफ्नो भूमिका निर्बाह गरिरहेको धारणा व्यक्त गर्नु भयो । आईसिसिले एनसिसिलाई र एनसिसिले च्याप्टरलाई चिनेमा यस्ता समस्याहरु आफै सामाधान भएर जाने महासचिब जोशीको भनाई थियो ।
गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका बरिष्ठ उपाध्यक्ष बिकास उप्रेतीले नव निर्बाचित कार्य समितिलाई बधाई दिदै टेक्सास च्याप्टरलाई थप गतिशिल बनाई उत्कृष्ट च्याप्टरको रुपमा स्थापित गराउनु पर्ने बिचार व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा आईसिसि सचिव प्रविण गुरूङ, आईसिसिका पूर्व सल्लाहकार हरीबोल भण्डारी, आईसिसि सदस्य पदम ठकुराठी, एनसिसिका उपाध्यक्ष नेत्र पाण्डे, एनसिसिका महासचिव रामहरी अधिकारी, एनसिसिका कोषाध्यक्ष सरोज सिग्देल, एनसिसीका पूर्व कोषाध्यक्ष राजिव श्रेष्ठ, एनसिसिका सह कोषाध्यक्ष दिवाकर पाण्डे, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, नेजाका क्षेत्रीय संयोजक शंकर थापा, जनसम्पर्क समिति डिएफडब्लुका अध्यक्ष ज्ञानेन्द्र कार्की, प्रवासी नेपाली मञ्च टेक्ससका अध्यक्ष लक्ष्मण घिमिरेले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
उक्त अवसरमा नयाँ कार्य समितीको तर्फबाट निबर्तमान कार्य समितीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.