Prem

डोटीका पत्रकारहरुले नगर बसमा नि:शुल्क यातायात गर्न पाउने

घण्टेश्वर अनलाईन
सिलगढी
दिपायल सिलगढी नगरपालिकाले सन्चालन गरिरहेको नगरबस सेवामा स्थानीय पत्रकारहरुले नि:शुल्क यात्रा गर्न पाउने भएका छन । डोटी जिल्लामा कृयाशिल तथा सन्चार माध्यमको परिचय पत्र प्राप्त पत्रकारहरुले नगर बसमा नि:शुल्क यात्रा गर्न पाउने नगरप्रमुख मन्जु मलासी जानकारी दिनुभयो ।
डोटीका पत्रकारहरुलाई नगर बसमा नि: शुल्क यातायातको व्यवस्थाका लागि नेपमल पत्रकार महासँघ डोटी शाखाले बिहिबार दिपायल सिलगढी नगरपालिकालाई एक ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख मलासीले डोटीका पत्रकारले आजैका मिति देखि नगर पालिका क्षेत्रमा नि:शुल्क यातायात गर्न पाउने बताउनु भयो ।


यसअघि दिपायल सिलगढी नगरपालिकाले सन्चालन गरेको नगरबसमा विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट गरिँदै आएको नगरपालिकाले जनाएको छ । यसैगरि डोटीको अर्को शिखर नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको दिन देखिनै पत्रकारहरु, जेष्ठ नागरिकहरु र अपाङ्गता भएका व्यक्तिलाई बस भाडा नि:शुल्क गरिसकेको छ ।

दिपायल सिलगढी नगरपालिकाले सन्चालन गरेको नगरबस दिपायल देखि सिलगढीसम्म र शिखर नगरपालिकाले सन्चालन गरिरहेको नगरबस दिपायल देखि डडेलधुराको सीमा कोरालखोलासम्म सञ्चालन हुने गरेको छ ।
डोटीका दुबै नगरपालिकाले पत्रकारहरुलाई बसभाडा नि:शुल्क गरेपछि व्यक्तिगत यातायातका साधन नभएका पत्रकारहरुलाई समाचार सङ्कलनमा सहज भएको स्थानीय पत्रकारहरु बताउछन । नेपाल पत्रकार महासँघ डोटीशाखाले स्थानीय पत्रकारहरुलाई नगर बस भाडा नि:शुल्क गर्ने दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकालाई धन्यबाद दिएको छ ।

Leave A Reply

Your email address will not be published.