डोटीमा कोरोना बिरुद्ध पाँच कुरा अभियान शुरु

घण्टेश्वर अनलाईन
सिलगढी डोटी
डोटीको पुरानो गैरसरकारी सँस्था समाज सेवा डोटीले कोरोना बिरुद्ध ५ कुरा अभियान शुरु गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले उक्त अभियान सन्चालन गरिएको सँस्थाका अध्यक्ष बिजयराज श्रेष्ठले बताउनु भयो ।
समाज सेवा डोटीले सन्चालन गरेको ५ कुरा अभियानमा कोभिड रोकथामका लागी खोप लगाउनु पर्ने, मास्क लगाउनु पर्ने, साबुन पानीले २० सेकेन्ड सम्म मिचिमिचि हात धुनु पर्ने, सेनिटाईजरको प्रयोग गर्नु पर्ने र भौतिक दुरी कायम गर्नु पर्ने विषय समाबेश गरिएका छन ।
अभियानका क्रममा जिल्लाको मुख्य व्यापारिक केन्द्रहरु, सेवाग्राहीहरुको भिडभाड हुने सेवा प्रदायक कार्यालयहरु, यातायात सवारी साधान रोकिने स्थानहरु, चोकहरुमा सेनिटाईजर, मास्क, वितरण गर्ने र अभियानका स्वयंसेबकहरुले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि ५ कुरा सम्वन्धी जानकारी दिने समाज सेवा डोटीले जनाएको छ ।
डोटी जिल्लामा हाल सम्म १ सय ११ जना सकृय सँक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.