अमेरिकाको न्युयोर्कमा गौरा पर्ब धुमधामका साथ मनाईयो

घण्टेश्वर अनलाईन
न्यूयोर्क, अमेरिका
अमेरिकाको न्यूयोर्कमा बस्ने सुदूरपश्चिमेलीहरुले गौरा पर्ब धुमधामका साथ मनाएका छन । सुदूरपश्चिम नेपाली समाज न्युयोर्कद्वारा शुक्रबार सत्यनारायण मन्दिरको परिसरमा आयोजना गरिएको गौरा पर्बमा सुदूरपश्चिमेलीहरुले धित मरिन्जेल गौरा तथा डेउडा खेलेका थिए ।
उक्त अवसरमा सुदूरपश्चिमको प्रसिद्ध दाईना दमाउको नाच सहित गौरा प्रदर्शन, महिलाहरुद्वारा अठेवाली प्रदर्शन, गौरादेबी र महेश्वरलाइै नचाउने खेल, बिरुडा सहित फल फड्काउने र प्रसाद बितरण कार्यक्रम आयोजना गरिएको थियो । गौरा पर्बमा सुदूरपश्चिमेली महिला पुरुषहरु परम्परागत भेषभुषा, पोशाकमा सजिएर सहभागि भएका थिए ।
गौरा पर्ब कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्युयोर्क स्थित महावाणिज्य दूत विष्णुप्रसाद गौतमले बिदेशमा मनाईने नेपाली सँस्कृति र चाडपर्बले नयाँ पुस्तालाई नेपालसँग जोड्न सहयोग गर्ने धारणा व्यक्त गर्नु भयो ।
नेपालीहरु बिदेशीने क्रम बढिरहेको चर्चा गर्दै बिदेशमा नेपाली भाषा, सँस्कृतिको सँरक्षण गर्ने दायित्व पनि नेपाली समुदायको नै भएको महावाणिज्यदूत गौतमको भनाई थियो ।
सुदूरपश्चिम नेपाली समाज न्युयोर्कका अध्यक्ष रामबहादुर देउवाको अध्यक्षता तथा नविन ओझाको सन्चालनमा सम्पन्न गौरा पर्ब कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली सँघ अमेरिकाका अन्तराष्ट्रिय समन्वय परिषद सदस्य पदम ठकुराठीले सुदूरपश्चिम बिकासको दृष्टिले केही पछि रहेपनि नेपाली सँस्कृतिको क्षेत्रमा धनी रहेको बिचार ब्यक्त गर्नु भयो । अमेरिकामा नेपाली भाषा, सँस्कृतिको सँरक्षणको लागि सबै क्षेत्रबाट प्रयास भईरहेको बताउदै ठकुराठीले हामी भौतिक रुपमा जहाँ भएपनि नेपाललाई बिर्सन नहुने कुरामा जोड दिनु भयो ।
गौरा पर्ब कार्यक्रममा सुदूरपश्चिम नेपाली समाज न्युयोर्कका उपाध्यक्ष दानसिं विष्टले स्वागत गर्नु भएको थियो भने समाजका महासचिब रैभान महराले गौरा पर्बको महत्वको वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली सँघ न्युयोर्क च्याप्टर अध्यक्ष हेमन्तबहादुर मल्ल, नेपाली जनसम्पर्क समिती अमेरिकाका महासचिब मुनेन्द्र नेमवाङ्ग, रोटरी क्लव अफ क्यूनसका अध्यक्ष हंसराज जोशीले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.