
घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
टेक्सासको युलेशमा शनिबार आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा १ सय २८ जनाले रक्तदान गरेका छन । कुल १ सय ३९ जनाले ईच्छा ब्यक्त गरेकोमा रक्तदानको लागि योग्य १ सय २८ जनाले रक्तदान गरेका थिए ।
नेपाली समाज टेक्सास स्थापनाको २५ वर्ष पुगेको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रमको लागि नेपाली समाज टेक्सास, व्लड डोनर्स अफ अमेरिका र सिटी अफ युलेशले व्यवस्थापन तथा ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका करिब २ दर्जन नेपाली समुदायका सँस्थाहरुहरुले सहयोग तथा सहभागिता जनाएका थिए ।
बृहत रक्तदान कार्यक्रममा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो । नेपाली समुदायको सहयोग र सहभागितामा बृहत रक्तदान कार्यक्रम सफल भयो नै नेपाली समुदायका बीचमा बृहत सहकार्य, समन्वय र एकता थप सुदृढ बनाएको छ, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बताउनु भयो ।
कार्यक्रममा नेपाली समुदायका अगुवाहरु, बिभिन्न सँस्थाका प्रतिनिधिहरु, रक्तदाताहरु सहभागि भएर रक्तदान गरेका थिए । सिटी अफ युलेशका मेयर लिण्डा मार्टिन, सिटी काउन्सिल सदस्य टीका पौडेल, ब्लड डोनर्स अफ अमेरिकाका पूर्ब अध्यक्ष डा. नन्द रेग्मी, व्लड डोनर्स अफ अमेरिकाका उपाध्यक्ष शिब काफ्ले लगायतका महानुभावहरुले बृहत रक्तदान कार्यक्रममा सहभागि भएर हौसला प्रदान गर्नु भएको थियो ।
युलेश सिटी लाईव्रेरीमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रमको व्यवस्थापनका लागि कार्टर ब्लड सेन्टरले २ वटा बस उपलब्ध गराएर सहयोग गरेको थियो ।
नेपाली समुदायको बृहत सहभागितामा आयोजना गरिएको रक्तदान कार्यक्रम सफल बनाउन करिब १ सय जना स्वयँसेवक परिचालन गरिएको व्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष अजय बगालेले जानकारी दिनु भयो ।