ग्लोबल नेपाली पाठशालाद्वारा उत्पादित बाल गीत “स्वागत छ साथी” युटुब च्यानल मार्फत सार्बजनिक

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
ग्लोबल नेपाली स्कुल टेक्सासद्वारा उत्पादन गरिएको बाल गीत “स्वागत छ साथी” युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
नेपाली समाज टेक्सासद्वारा सन्चालित ग्लोबल नेपाली पाठशालाले नेपाली बाह्र महिना र चाडवाड सिकाउने गरी “स्वागत छ साथी” बोलको नयाँ बाल गीत उत्पादन गरेको ग्लोबल नेपाली पाठशालाका सँयोजक भोजबहादुर बलायरले बताउनु भयो ।
सँयोजक बलायरका अनुसार नेपाल तथा बिदेशमा रहेका बालबालिकाहरुलाई नेपाली बाह्र महिना र चाडवाड सिकाउन बाल गीत सहयोगी हुने अपेक्षा गरिएको छ । बालबालिकाहरुलाई गीतको माध्यमबाट सिकाउँदा सिकाईमा रमाईलोपन त पक्कै हुन्छ भने गीतको अभ्यासले सिकाईलाई दिगो बनाउनुका साथै स्मरण गर्न पनि सहज हुन्छ ।
उक्त बाल गीतमा नेपाली समाज टेक्सास, ग्लोबल नेपाली पाठशालाका सँयोजक भोजबहादुर बलायरको शब्द, बाल कलाकार आयुष घिमिरे र भुवन गुरुको स्वर र सङ्गीत रहेको छ ।
ग्लोबल नेपाली पाठशाला टेक्सासले बिदेशमा जन्मेका र हुर्केका बालबालिकाहरुलाई लक्षित गरि बिभिन्न पाठ्य सामाग्रीहरु, श्रब्य तथा दृष्य सामाग्रीहरु उत्पादन गर्दै आएको पाठशालाले जनाएको छ ।
यो मातृभूमि नेपालसँग जोड्ने महान अभियान हो । बिदेशमा जन्मेका र हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा, सँस्कृति, सँस्कार, नेपाल परिचय जस्ता बिषयमा ग्लोबल नेपाली पाठशालाले प्रत्यक्ष र अनलाईन मार्फत पठनपाठन सन्चालन गर्दै आएको नेपाली समाज टेक्सासले जनाएको छ । केही साता अघि मात्र ग्लोबल नेपाली पाठशालाले नेपाली समुदायका बालबालिकाहरुलाई साँस्कृतिक तथा अध्यात्मिक ज्ञान दिन नेपालका चर्चित गुरु डा. चिन्तामणी नाथ योगीको उपस्थितीमा एक हप्ते समर क्याम्प आयोजना गरेको थियो ।

Leave A Reply

Your email address will not be published.