घण्टेश्वर अनलाईन
नर्थ क्यारोलिना, अमेरिका
गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका अध्यक्ष डा.अर्जुन बन्जाडेले संस्था प्रति आस्था र बिश्वास बढाउने गरि कार्ययोजना निर्माण गर्न लागिएको बताउनु भएको छ ।
गैरआवासीय नेपाली संघ नर्थ क्यारोलिना च्याप्टरले आईतबार आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष डा. बन्जाडेले बिगतका घट्नाक्रमबाट सँस्थामा आएका कतिपय प्रश्नहरुलाई कामको माध्यमबाट बिश्वासको वातावरण बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
गैरआवासीय नेपाली संघ नर्थ क्यारोलिना च्याप्टरका अध्यक्ष सुधन थापाको अध्यक्षता तथा युवा संयोजक योगेश पराजुलीको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष डा. बन्जाडेले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै यस अबधिमा नेपाल सरकारसंग भएका नीतिगत छलफल, नेपाली दुताबाससंगको भेटघाट तथा टेलिहेल्थ कार्यक्रमको वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका महासचिब डा केशव पौडेलले गैरआवासीय नेपाली संघको बर्तमान अवस्था, अवसर र चुनौतीका वारेमा बारेमा बोल्नु भएको थियो ।
नर्थ क्यारोलिनाका विभिन्न शहरमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागिता रहेको उक्त भेटघाट तथा सम्मान कार्यक्रममा संघका दक्षिण क्षेत्रका क्षेत्रीय संयोजक मोहन न्यौपाने, राष्ट्रिय समन्वय परिषदका वोर्ड अफ डाईरेक्टर बासुदेब भट्ट, एनसिएनसिका अध्यक्ष राजन पौडेल लगायतका बक्ताहरुले गैरआवासीय नेपाली संघकालाई सबै गैरआवासीय नेपाली अट्ने साझा सँस्था बनाउनु पर्ने कुरामा जोड दिएका थिए । उक्त अवसरमा आईसिसि महासचिब डा. केशब पौडेल, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. अर्जुन बन्जाडे लगायतका एनसिसिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्थ क्यारोलिना च्याप्टरका नव निर्बाचित कार्य समितिका पदाधिकारी सदस्यहरुको परिचय गराईएको थियो ।
कार्यक्रमको सभापतित्व गर्नुभएका अध्यक्ष सुधन थापाले आफ्नो टिमलाई परिचय गराउदै समाजमा देखिने गरि आफुले काम गर्ने घोसणा गर्नुभएको थियो । उक्त कार्यक्रममा चाप्टर सदस्य हिरा शर्मा ले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।