घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुले सेप्टेम्बर १० मा गौरा पर्ब मनाउने भएका छन । सुदूरपश्चिमेलीहरुको मौलिक गौरा पर्बमा सुदूरपश्चिम क्षेत्रका चर्चित कलाकार चाँदनी मल्ल र शँकरसिंह बिष्टको बेजोड प्रस्तुती रहने सुदूरपश्चिम नेपाली समाज टेक्सासले जनाएको छ ।
ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका सुदूरपश्चिमेलीहरुले पशुपतिनाथ मन्दिर युलेशमा सेप्टेम्बर १० तारेखका दिन गौरा पर्ब मनाउने कार्यक्रम रहेको छ । गौरा पर्बमा सुदूरपश्चिमका चर्चित कलाकार चाँदनी मल्ल र शँकरसिंह बिष्ट लगायतका कलाकारहरुको विविध प्रस्तुती रहने समाजका अध्यक्ष नवराज नाथ योगीले जानकारी दिनु भयो ।
अध्यक्ष योगीका अनुसार गौरा पर्बको अवसरमा सेप्टेम्बर १० का दिन विहान नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र (पशुपति नाथ मन्दिर) युलेशमा गौरा पूजा, डेउडा कार्यक्रम, आठेवाली नाच लगायतका बिबिध कार्यक्रम आयोजना गरिने छन ।
अमेरिकामा अधिकाँश मानिसहरु काममा व्यस्त रहने भएका कारण नेपाली चाड पर्बहरु सबैको अनुकुल हुने समय र स्थानमा मनाउने परम्परा रहेको छ । यस बर्षको गौरा पर्बको अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागिताका लागि सुदस्रपश्चिम नेपाली समाज टेक्सासले ड्यालस फोर्टवर्थ क्षेत्रका सुदूरपश्चिमेलीहरु तथा ईच्छुक नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई अनुरोध गरेको छ ।