टेक्सासको युलेशमा ‘एलटिए मल्टी कलेक्सन’ द्वारा सेवा शुरु

All time tax

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपालको काठमाण्डौंमा बिगत १५ बर्ष देखि सन्चालनमा रहेको एमएमसी मल्टी कलेक्सनले टेक्सासको युलेशमा पनि आफ्नो सेवा बिस्तार गरेको छ ।
युलेश स्थित पशुपति नाथ मन्दिर नजिकै Wilshier Drive मा ‘एलटिए मल्टी कलेक्सन’ नामबाट सेवा शुभारम्भ गरिएको महिला उद्यमी लक्ष्मी धामीले जानकारी दिईन ।
महिला उद्यमी धामीका अनुसार नेपाली समुदायको बाक्लो बसोवास रहेको युलेश अर्भिङ क्षेत्रलाई लक्षित गरि एलटिए मल्टी कलेक्सन सञ्चालन ल्याईएको हो । मल्टि कलेक्सनमा महिलाहरुलाई लक्षित गरी सारी, कुर्ता, लेहेंगा लगायतका कपडाहरु बिक्रीका लागि उपलब्ध    छन् ।
ग्राहकको मागको आधारमा नेपाल र भारतको बुटिकबाट तयार गरिएको कपडाहरु उपलब्ध रहेका छन । अहिले नेपाली चाडवाडको समय भएकाले सारी, कुर्ता, लेहेंगा लगायतका लुगाकपडाको माग अत्यधिक रहेको  र  ग्राहकको माग अनुसार सेवालाई अन्य राज्यमा पनि बिस्तार गर्ने योजना रहेको  एलटिए मल्टी कलेक्सनकी सन्चालिका धामीले बताईन ।

Leave A Reply

Your email address will not be published.