अमेरिकाले भौतिक सुख सुविधा दिएपनि खुशी दिन सकेन ः अग्रज पत्रकार तारा बराल

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, अमेरिका
दुई दशक अघिदेखि अमेरिका बस्दै आएका पुराना पत्रकार तारा बराल दम्पत्ति स्थायी रुपमा नेपाल फर्किने भएका छन । टेक्सासको प्रमुख शहर ह्युस्टनमा बस्दै आउनु भएका बराल दम्पत्तिले बाँकी जीवन मातृभूमिमा बिताउने भन्दै नेपाल फर्किने निर्णय गरेका हुन ।
मैले दुई दशक समय सपनाको देश अमेरिकामा बिताएँ । अमेरिकाले सबै कुरा दियो तर खुशी दिन सकेन । त्यसैले खुशीका लागि मातृभूमि फर्किने निर्णय गरेको हुँ, नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा आईतबार आयोजना गरिएको सम्मान कार्यक्रममा बताउनु भयो ।
अमेरिकामा धेरै कुरा प्राप्त गर्न सकिन्छ । अमेरिकामा प्राप्त गरेको शिक्षा, ज्ञान सीपलाई मातृभूमिमा प्रयोग गर्न ढिलो चाँडो सबै नेपाल फर्किन वरालले आह्वान गर्नु भयो ।
नेपाल पत्रकार पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिब बाबुराम दाहालको सन्चालनमा सम्पन्न शुभेच्छा कार्यक्रममा साहित्यकार बिटु केसी (बराल) ले आफुहरुले अमेरिकामा बसाईका क्रममा दर्जनौं शुभेच्छुकहरु कमाएको बताईन । हामी नेपाल फर्किने निर्णय गर्दै गर्दा शुभेच्छुकहरुको माया लिएर फर्किदै गरेको र अमेरिका बसाई स्मरणीय रहने धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल अमेरिका पत्रकार सँघ(नेजा) का क्षेत्रीय संयोजक शँकर थापा, उपाध्यक्ष सुजन पण्डित, नेजाका निबर्तमान अध्यक्ष बिकासराज न्यौपाने, सल्लाहकार सन्जय घिमिरे, नेजाका मानार्थ सदस्य योगेश उपाध्यायले अग्रज पत्रकार तारा बराल दम्पत्तिले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो । उक्त अवसरमा नेपाल अमेरिका पत्रकार संघका तर्फबाट मानार्थ सदस्य तारा बराललाई सम्मान पत्र र बिटु केसी (बराल) लाई मायाको चिनो प्रदान गरिएको थियो ।
अग्रज पत्रकार तारा बराल तथा बिटु केसी (बराल) अमेरिका बसाईका क्रममा हिमालय खबर अनलाईन पत्रिकासँग आबद्ध हुनु हुन्थ्यो । तारा बराल नेपाल अमेरिका पत्रकार संघ(नेजा) का मानार्थ सदस्य पनि हुन । अग्रज पत्रकार तारा बरालले जीवनको उर्जाजान समय पत्रकारिता क्षेत्रमा बिताउनु भएको थियो भने गोरखा पत्र दैनिकको प्रधान सम्पादक तथा नेपाल टेलिभिजनको अध्यक्ष भएर काम गरि सक्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.