
घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
यस बर्षको हरितालिकाका तीजको अवसरमा अमेरिकामा रहेका अर्घाखाँचीबासीहरुले बृहत भेटघाट गर्ने भएका छन । उक्त अवसरमा तीज दर तथा बनभोज कार्यक्रम पनि आयोजना गरिने छ ।
बार्षिक साधारण सभाको अवसर पारि अर्घाखाँची नेपाली समाज अमेरिकाले तीज दर तथा बनभोज, बृहत भेटघाट कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम सेप्टेम्बर १६ शनिबारका दिन Village of Bear Creek Park युलेशमा सम्पन्न हुने अर्घाखाँची नेपाली समाजका सचिब बालकृष्ण घिमिरे बताउनु भयो ।
सचिब घिमिरेका अनुसार सोही दिन सँस्थाको वार्षिक साधारण सभा पनि सम्पन्न हुने छ । वार्षिक साधारण सभामा सँस्थाको बार्षिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत भई छलफल गरिने छ । उक्त कार्यक्रममा अमेरिकाका बिभिन्न स्थानमा रहेका अर्घाखाँचीबासीहरुलाई कसरी अर्घाखाँचीको बिकासमा जोड्ने विषयमा पनि छलफल गरिने समाजले जनाएको छ ।