घण्टेश्वर अनलाईन
ह्युस्टन, टेक्सास
टेक्सासको ह्युस्टनबासी नेपाली समुदायले अग्रज पत्रकार तारा बराल दम्पत्तिलाई सम्मान सहित बिदाई गरेका छन । नेप्लिज एसोसियसन अफ ह्युस्टन (एनएएच) ले बुधबार आयोजना गरेको एक कार्यक्रममा ह््युस्टनबासीले सम्मान सहित बिदाई गरेका हुन । बराल दम्पत्ति करिब दुई दशकको अमेरिका बसाईलाई स्थायी रुपमा बिट मार्दै नेपाल फर्किदै हुनु हुन्छ
कार्यक्रममा बोल्ने नेपाली समुदायका अगुवाहरुले बराल दम्पत्तिले सन २००४ देखि टेक्सासको ह्युस्टनलाई कर्मथलो बनाएर नेपाली समुदायलाई सामाजिक सद्भाव एकताको लागि ठूलो भूमिका खेलेको भन्दै प्रशँसा गरेका थिए ।
कार्यक्रममा बराल दम्पत्तिले ह्युस्टनको नेपाली समुदायलाई एकताबद्ध बनाउन खेलेको भूमिकाको कदर गर्दै सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
अग्रज पत्रकार तारा बराल र बिटु केसी(बराल) अमेरिकामा रहँदा हिमालय खबर अनलाईनसँग आबद्ध रहनु भएको थियो । अमेरिका आउनु अघि अग्रज पत्रकार तारा बराल गोरखापत्र दैनिकको प्रधान सम्पादक तथा नेपाल टेलिभिजनको अध्यक्ष भई काम गरि सक्नु भएको छ । यसै गरि बिटु केसी(बराल) साहित्यिक क्षेत्रमा निरन्तर कलम चलाउदै आउनु भएको छ ।