घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
ड्यालस फोर्टवर्थ क्षेत्रका सामाजिक अभियन्ता बेदराज बस्नेतले गैर आवासीय नेपाली सँघ, को अन्तराष्ट्रिय समन्वय परिषदको आगामी अक्टोवर महिनामा हुने निर्बाचनमा अमेरिका क्षेत्रको क्षेत्रीय सँयोजक पदमा उम्मेदवारी दिने भएका छन् ।
सामाजिक सन्जालमा बिहिबार लामो स्टाटस लेख्दै बस्नेतले आफु उम्मेदवार बन्न लागेको जानकारी गराएका हुन । अमेरिकामा दुई दशक लामो बसाईं र एनआरएनए/एनसीसी अमेरिकामा सन २०१३ देखि आबद्ध भई बटुलेको अनुभवका साथै “मेरो एनआरएनए र मेरो नेपाल” को नारा सहित उम्मेदवार बन्ने निर्णय गरेको सामाजिक सन्जाल मार्फत भनेका छन ।
बस्नेतले गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिका (२०१३ –२०१७) को केन्द्रीय कोषाध्यक्ष पद, सन २०१७–२०१९ सम्म गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आईसीसी सदस्य, सन २०१९–२०२१ मा ICC Honorary Council Member मा रहेर काम गरि सकेका छन ।
अमेरिका क्षेत्रको क्षेत्रीय सँयोजक पदमा आफु निर्बाचित भएमा गैरआवासीय नेपाली सँघकै पहलमा प्राप्त उपलब्धीहरुलाई ऐन मार्फत संस्थागत गर्ने, NRN लगानी, दोहोरो कर प्रणाली, एनआरएनए फाउन्डेशन, एनआरएनए Policy Institute जस्ता बिषयमा अमेरिका क्षेत्रको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ले प्रतिबद्धता समेत बस्नेतले सामाजिक सन्जाल मार्फत व्यक्त गरेका छन ।
एनआरएनएले क्षेत्रीय स्तरको समन्वयलाई अझ बिस्तार गर्ने, एजेन्डाका आधारमा छलफल चलाउदै सँस्थाको साझा चरित्रलाई जोगाउने, नेपाल सरकार तथा अन्य एनआरएनएसंगको सहकार्यलाई थप मजबुत बनाउनु आजको टड्कारो आवश्यकता देखिएको छ, बस्नेतले सामाजिक सन्जाल मार्फत भनेका छन ।