डा. मुक्ति अर्यालद्वारा रचना गरिएको तीज गीतको म्युजिक भिडियो सार्बजनिक

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका सामाजिक अभियन्ता डा. मुक्ति अर्यालको शब्द रचना रहेको तीज गीत “घुमिफिरी तीज पनि आयो बरिलै” नामको म्युजिक भिडियो युटुव च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
वरिष्ठ हाँस्य ब्यङ्ग्य कलाकार नारायण त्रिपाठीको विषेश पहलमा निकालिएको उक्त तीज गीतमा कम्पोजर निरोज लामा, रेकर्डिङ राजेश श्रेष्ठ र स्वर मनमाया वाईवा रहेको छ । यसैगरि उक्त गीतको म्युजिक भिडियामा लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका बरिष्ठ गायिका मनमाया वाइवाले स्वर दिनु भएको छ भने शर्मिला श्रेष्ठ, स्मृति चौलागाई, स्नेह चौलागाई, रश्मी चौलागाई, कमला अर्याल, विष्णु अर्याल, दमयन्ती अर्याल, राधिका चौलागाईका साथै हातेमालो समूहका महिला कलाकारहरुको अभिनय रहेको छ ।
उक्त म्युजिक भिडियोको गत शनिबार ड्यालसको अर्भिङमा आयोजना गरिएको बृहत तीज कार्यक्रमका बीच बिमोचन गरिएको छ ।
नेपाली समाज टेक्सास र ईन्द्रेणी साँस्कृतिक संघद्वारा शनिबार आयोजना गरिएको बृहत्त तीज गीत कार्यक्रममा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका अध्यक्ष सीता सापकोटाले उक्त तीज गीतको बिमोचन गर्नु भएको थियो ।
विमोचन कार्यक्रममा ईन्द्रेणी साँस्कृतिक संघका अध्यक्ष नेत्र पाण्डे, गीतका उत्पादक तथा नेपाली समाज टेक्सास, टोस्ट मास्टर क्लबका निवर्तमान अध्यक्ष इन्दिरा अर्याल तथा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले डा. अर्यालद्वारा रचना गरिएको तीज गीतको विषयमा चर्चा गर्दै नेपाली मौलिक सँस्कृति झल्काउने खालको भएको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.