अमेरिकाको टेक्सास राज्यका साँसद सलमान भोजानीले सगरमाथा आरोहण गर्ने

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
अमेरिकाको टेक्सास राज्यका साँसद सलमान भोजानीले नेपालको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन ।
टेक्सास हाउस अफ रिप्रजेन्टेटिभ भोजानीले नेपाली समाज टेक्सास लगायतका बिभिन्न नेपाली समुदायका अगुवाहरुलाई ईमेल पठाउदै आफु सगरमाथा आरोहण गर्न लागेको जानकारी गराएका हुन ।
म २० सेप्टेम्बर २०२३ मा नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल जाँदैछु । म सगरमाथा चढ्नु पूर्ब नेपालका निर्वाचित अधिकारी, समुदायका नेताहरू र पत्रकारहरूसँग भेटेर कुरा गर्न चाहान्छु । त्यसका लागि भेटघाटको वातावरण मिलाई दिन भोजानीले नेपाली समाज टेक्सास लगायतका सँस्थाहरुलाई ईमेल मार्फत अनुरोध गरेका छन ।
साँसद भोजानीको सेप्टेम्बर २२ मा काठमाण्डौं पुग्ने र सेप्टेम्बर २४ वाट सगरमाथा आरोहणको लागि पदयात्रा शुरु गर्ने कार्यक्रम रहेको छ ।
टेक्सासको हाउस डिस्ट्रिक्स ९२ बाट डेमोक्रेटिक पार्टीका तर्फबाट हाउस अफ रिप्रजेन्टेटिभ रहेका सलमान भोजानी पाकिस्तानी मूलका अमेरिकी हुन ।

Leave A Reply

Your email address will not be published.