प्रवासी महिलाहरुले जूम मार्फत तीज मनाए

घण्टेश्वर अनलाईन
टेक्सास
तीज एकै स्थानमा जम्मा भएर तीजका भाकामा नाचगान गरेर रमाईलो गर्ने साँस्कृतिक पर्ब हो । तर बिभिन्न देशमा रहेका प्रवासी महिलाहरुले जूम प्रबिधिमा जोडिएर सँगै तीज मनाएका छन ।
प्रवासी नेपाली मञ्च, महिला विभाग अमेरिकाको आयोजनामा गत आईतबार भएको तीज बिशेष कार्यक्रममा महिलाहरुले बिभिन्न तीजका भाका गाउनुका साथै आफ्ना कथा, व्यथा, गीत, गजल, कविताहरु प्रस्तुत गरेका थिए ।
प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटी महिला विभागको सहयोगमा आयोजना गरिएकोे तीज बिशेष कार्यक्रममा बिभिन्न देशका करिव ५ सय नेपाली महिलाहरु जूम मार्फत जोडिएको प्रवासी नेपाली मञ्च अमेरिकाका उपाध्यक्ष मनिता ढुंगानाले जानकारी दिनु भयो ।
कुन्ती थापाको अध्यक्षता तथा सरिता भट्टराईले संचालनमा भएको तीज बिशेष कार्यक्रममा एनआरएनए आईसीसी सदस्य छत्र गुरुङले तिज पर्बको महत्ववारेमा चर्चा गर्दै तीजको मौलिक सँस्कृतिलाई जोगाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । उक्त अवसरमा कुन्ती थापाको तीज गीत पनि प्रस्तुत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.