पार्टीको नाममा फेक आईडी बनाई प्रयोग गर्नेलाई एमालेले नछोड्ने

All time tax

घण्टेश्वर अनलाईन
काठमाण्डौं
पार्टीको नाम, झण्डा प्रयोग गरेर सामाजिक सन्जालमा फेक आईडी बनाउनेलाई एमालेले ठेगान लगाउने भएको छ ।
पार्टीको नाम र झण्डाको दुरुपयोग गरि सामाजिक सन्जालमा फेकआईडी बनाएर प्रयोग गरेको पाईएपछि एमालेले कडामा प्रस्तुत हुने निर्णय गरेको हो ।
नेकपा(एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सूचना जारी गर्दै नेकपा एमालेले पार्टीको नाम, लोगो, झण्डा र नेताहरुको नाम जोडेर चलेका सामाजिक सञ्जाल एकाउण्ट सञ्चालकलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेका छन ।
गौतमले फेक आईडी प्रयोगकर्ताहरु सम्पर्कमा नआए आवश्यक कानूनी कार्बाही गर्ने चेतावनी दिएका छन् । सम्पर्कमा नआएमा फेक एकाउण्ट सञ्चालकहरुका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा विज्ञप्तिमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.