Prem

पच्चिसौं स्थापना दिवसको सन्दर्भमा नेपाली समाज टेक्सासले समुदाय र पत्रकारलाई जानकारी गराउने

घण्टेश्वर अनलाईन
ड्यालस टेक्सास
सँस्थाले उत्सवको रुपमा मनाउन लागेको २५ औं स्थापना दिवसको वारेमा नेपाली समाज टेक्सासले समुदायका अगुवाहरु तथा सन्चारकर्मीहरुलाई जानकारी गराउने भएको छ ।
रजत जयन्तीको सन्दर्भमा आयोजना गरिने बिभिन्न कार्यक्रमको वारेमा जानकारी दिन सेप्टेम्बर आईतबार दिउसो २ः३० बजे नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र (पशुपतिनाथ मन्दिर) युलेशमा सामुदायिक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेपाली समाज टेक्सासले जनाएको छ ।
हामीले नेपाली समाज, टेक्सासको स्थापना दिवसलाई उत्सबका रुपमा मनाउदै छौं । त्यसैले कार्यक्रमको तयारीको वारेमा समुदाय तथा पत्रकारहरुलाई जानकारी गराई व्यापक सहभागीता जुटाउने उद्देश्यले सामुदायिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिनु भयो ।
अध्यक्ष वाग्लेका अनुसार रजत जयन्तीका अवसरमा सेप्टेम्बर ३० तारेखका दिन युलेशमा नेपाली साँस्कृतिक परेड कार्यक्रमको आयोजना गरिदैछ । उक्त कार्यक्रममा टेक्सासका बिभिन्न स्थानमा रहेका नेपाली समुदायहरु आफ्नो भेषभुषा, पोशाकमा झाँकी सहित सहभागी हुने कार्यक्रम रहेको छ ।
स्थापना दिवसको अवसरमा स्मारिका प्रकाशन, समुदायको लागि योगदान पुर्याउने नेपाली समुदायका बिभिन्न सँस्थाहरुm मिडियाहरुलाई कदर पत्र प्रदान, बिभिन्न साहित्यिक कार्यक्रम लगायत बिभिन्न कार्यक्रम आयोजना गरिने नेपाली समाज टेक्सासले जनाएको छ ।
यसै गरि २५ औं स्थापना दिवसको सन्दर्भमा आर्थिक तथा प्रगति प्रतिबेदनको तयारी, सदस्यता समितिको नामावली घोषणा, निर्बाचन समितिको नामावली घोषणा लगायत अन्य औपचारिक कार्यक्रमको वारेमा समेत छलफल गरिने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.