
घण्टेश्वर अनलाईन
धनगढी कैलाली
सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्याय नियुक्त भएका छन । उपाध्याय नेपाल सरकारका पूर्ब सचिब हुन । मुख्यमन्त्री कमलबहादुर अघिल्लो सरकारले नियुुक्त गरेका मोहनदेब विष्टको हटाएर उपाध्यायलाई नियुुक्त गरेको हो ।
नीति तथा योजना आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहले उपाध्यायलाई मँगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
नव नियुक्त उपाध्यक्ष उपाध्यायले प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगम कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय र उर्जा मन्त्रालयको प्रशासनिक नेतृत्व गरिसकेका छन ।
डोटीको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडी पुख्यौली घर भएका उपाध्याय अनुभवी प्रशासक रुपमा चिनिन्छन ।