
घण्टेश्वर अनलाईन
सिलगढी
डोटी जिल्लाको सिलगढीमा प्रथम डोटी गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । डोटीको सिलगढी स्थित “शिलास्थान युवा क्लब” मा यही असोज २८ गते देखि शुरु हुने उक्त प्रतियोगिता डोटी जिल्लामा अहिले सम्मकै सर्बाधिक राशीको रहेको बताईएको छ ।
शिलास्थान युवा क्लबका अध्यक्ष हिक्मत मलासीका अनुसार उक्त प्रतियोगिता सिलगढी स्थित टुडिखेलमा सन्चालन हुने छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु. २ लाख २२ हजार २ सय २२, द्वितीयलाई १ लाख ११ हजार १ सय ११ र तृतीयलाई ५५ हजार ५ सय ५५ नगद तथा मेडल तथा प्रमाण पत्र प्रदान गरिने क्लबले जनाएको छ ।
जिल्लाका युवाहरुलाई खेलकुद प्रति आकर्षित गराई खेलकुदको बिकासमा योगदान पुर्याउने उद्देश्यले उक्त प्रतियोगिता हुन लागेको अध्यक्ष मलासीले बताउनु भयो । पछिल्लो समय डोटी जिल्लामा खेलकुदका गतिबिधिहरु बृद्धि हुँदै गएपछि युवाहरु खेलकुद प्रति आकर्षित हुँदै गएका छन ।