घण्टेश्वर अनलाईन
काठमाण्डौं
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा ३५ वटा गाउँ पालिकालाई एम्बुलेन्स दिने भएको छ । महानगरले चालु आर्थिक बर्षको बजेटमा घोषणा गरे अनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिन लागेको हो । महानगरले एम्बुलेन्स बितरणका लागि सार्बजनिक सूचना प्रकाशित गरि गाउँ पालिकाहरुबाट निबेदन आह्वान समेत गरेको छ ।
काठमाण्डौ.महानगर पालिकाका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले ईच्छुक गाउँपालिकाहरुले एम्बुलेन्स मागका लागि महानगरमा निबेदन दिन सक्ने बताउनु भयो ।
महानगरका अनुसार गाउँपालिकाहरुले एम्बुलेन्स मागको लागि कार्यपालिकाको निर्णय समेत अपलोड गरी असोज २५ सम्ममा अनलाईन मार्फत निबेदन सक्ने छन ।
आर्थिक वर्ष २०८०÷८१ को बजेटमा देशभरका ३५ वटा गाउँपालिकालाई मागको आधारमा एम्बुलेन्स उपलब्ध गराउने घोषणा महानगरले गरेको थियो ।
सूचना बमोजिम माग भएका निवेदनका आधारमा निश्चित मापदण्ड भित्र छनोट भएका गाउँपालिकाहरूलाई नियमअनुसार एम्बुलेन्स उपलब्ध गराउने महानगरले जनाएको छ । महानगरले एम्बुलेन्स खरिदका लागि ७ करोड रुपैयाँ बजेट छुट्टाएको थियो ।