एनआरएनए अमेरिकाको टास्क फोर्सको लागि १ सय ७७ जनाको आबेदन

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरिकाले निर्माण गर्न लागेको बिभिन्न बिषयगत समितिको लागि १ सय ७७ जनाले ईच्छा देखाएका छन ।
बिभिन्न बिषयगत समिति (टास्क फोर्स)को लागि ईच्छा पत्र माग गरिएकोमा १ सय ७७ जनाले आफ्नो आफ्नो अनुभव, योग्यता खुलाएर गुगल फर्म मार्फत ईच्छा ब्यक्त गरेको कोषाध्यक्ष सरोज सिग्देलले जानकारी दिनु भयो ।
कोषाध्यक्ष सिग्देलका अनुसार राष्ट्रिय समन्वय समितिले संस्थाले बिभिन्न विषयगत क्षेत्रमा काम गर्नको लागि १९ वटा टास्क फोर्स गठन गर्न सार्बजनिक रुपमा आबेदन माग गरेको थियो । सेप्टेम्बर ६ देखि १२ तारेखसम्मको अबधिमा १९ वटा टास्क फोर्सको लागि १ सय ५८ जना र अन्य समितिको लागि १९ जनाले आवेदन दिएका थिए ।
गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय समिति अमेरिकाले टास्क फोर्स गठनको लागि बरिष्ठ उपाध्यक्ष बिकास उप्रेतीको सँयोजकत्वमा ४ जना उपाध्यक्ष रहेको एक समिति पनि गठन गरेको छ । गुगल फर्म मार्फत आएका आवेदनहरुमा समिक्षा गरेर बिषयगत अनुभव र योग्यताका आधारमा निकट भविष्यमा बिषयगत समिति(टास्क फोर्स) निर्माण गरिने कोषाध्यक्ष सिग्देलले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.