Prem

टेक्सासका राम सी. पोखरेलद्वारा एनआरएनए/आईसीसी सचिब पदमा उम्मेदवारी घोषणा

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न निर्बाचनमा टेक्सासका व्यवसायी तथा सामाजिक अभियन्ता राम सी. पोखरेलले सचिव पदका लागि उम्मेदवारी दिने भएका छन ।
सामाजिक सन्जाल तथा बिभिन्न मिडिया मार्फत औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दै पोखरेलले आफु गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको सचिब पदमा उम्मेदवारी दिन लागेको जानकारी गराएका छन ।
एनआरएनए÷आईसीसीको अमेरिका क्षेत्रको क्षेत्रीय सँयोजक समेत रहेका पोखरेलले पारदर्शी, सवल र सक्षम सचिवालय, श्रमको सम्मान र श्रमिकको सुरक्षा, ज्ञान सीपको प्रयोग र प्रबद्र्धन, दोहोरो नागरिकता र लगानीमैत्री वातावरणलाई प्रमुख एजेण्डाको रुपमा अघि सारेका छन ।
पोखरेलले लामो समय देखि एनआरएनए अभियानमा निरन्तर लागिरहेको र एनआरएनएलाई हाम्रो र राम्रो बनाउनका लागि आफुलाई मतदान गरि बिजयी बनाउन मतदाताहरुलाई अपिल समेत गरेका छन ।
को हुन राम सी. पोखरेल ः?
नेपालको अर्घाखाँची जिल्लाका राम सी.पोखरेल २६ बर्ष अघि अमेरिका आएका हुन । टेक्सास निवासी पोखरेल सफल व्यवसायी तथा सामाजिक अभियन्ता पनि हुन । पोखरेलले ग्याँस स्टेशन, रियल स्टेट, तथा कानुनी परामर्श लगायतका क्षेत्रमा ब्यवसाय सन्चालन गरिरहेका छन । पोखरेल सामाजिक क्षेत्रमा पनि लामो समय देखि सकृय रहेका छन । नेपाल बाहिर खुलेका नेपालीहरूको पहिलो लायन्स डल्लास एभरेष्ट डालस लायन्स क्लबका संस्थापक तथा पूर्व अध्यक्ष तथा नेपाली समाज टेक्ससको पूर्ब अध्यक्ष समेत हुन ।
सन २००८ देखि एनआरएनए अभियानमा लागेका पोखरेल २०१५–१७ कार्यकालमा उनी एनसीसी अमेरिकाको उपाध्यक्ष थिए भने सन ०१७–१९ कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी थिए । त्यसपछि सन २०१९–२१ कार्यकालमा उनी आईसीसी अमेरिका क्षेत्रीय उपसंयोजक तथा बर्तमान आईसीसीमा अमेरिका क्षेत्रको क्षेत्रीय सँयोजकमा काम गरेको अनुभव पोखरेल सँग रहेको छ । गैरआवासीय नेपाली सँघ आईसीसीको ११ औं महाधिबेशनमा नयाँ नेतृत्वको लागि प्रत्यक्ष र अनलाइनमार्फत निर्बाचन हुँदैछ ।

Leave A Reply

Your email address will not be published.