घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाली समाज टेक्ससको नयाँ नेतृत्व चयनको लागि डिसेम्बर महिनाको तेश्रो साता निर्बाचन हुने भएको छ ।
सो सँस्थाको आइतबार सम्पन्न साधारण सभाबाट नयाँ नेतृत्व चयनका लागि पूर्ब अध्यक्ष बैकुन्ठबिक्रम थापाको अध्यक्षतामा निर्बाचन समिति समेत गठन गरिएको छ ।
साधारण सभाले पूर्ब अध्यक्ष दिनेश शर्माको अध्यक्षतामा सदस्यता बितरण समिति पनि गठन गर्नुका साथै सदस्यता बितरण अभियान शुरु गर्ने निर्णय समेत गरेको छ । नयाँ सदस्यता लिनको लागि सँस्थाको वेवसाईट www.ournst.org मा गएर साधारण, आजिवन सदस्यताको लागि आबेदन दिन नेपाली समाज टेक्सासले सबै नेपाली समुदायलाई आग्रह गरेको छ।
साधारण सभाबाट सँशोधन गरिएको बिधान अनुसार नोभेम्बर महिनाको १५ तारेखभित्र सदस्यता लिइसकेका सदस्यहरुले मात्र चुनावमा मताधिकार पाउने नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिनु भयो ।
समाजका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षतामा सम्पन्न साधारण सभाले महासचिव सन्देश उप्रेतीद्वारा प्रस्तुत सँस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिनेश न्यौपानेद्वारा प्रस्तुत आर्थिक प्रतिवदेन समेत पारित गरेको नेपाली समाज टेक्सासले जनाएको छ ।
टेक्सास राज्यको सबै भन्दा ठूलो नेपाली समुदायको सँस्था नेपाली समाज टेक्सासमा करिब ४ हजार सदस्यहरु रहेका छन । नेपाली समाज टेक्सासले सँस्था स्थापनाको रजत जयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरि उत्सबको रुपमा सम्पन्न गरेको छ ।